दिनकर नेपाल र मेघ आले (बायाँ) र वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनाल (दायाँ)
स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वय दीनकर नेपाल र मेघ आलेलाई कुटपिट गरेका छन् ।
आँधी खोला संरक्षण अभियानबाट फर्किएका दुई जनालाई खनालले वालिङ–९, सुर्कौदीमा रडले हानेका हुन् ।
नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किँदै गर्दा रडले टाउकोमा हान्दा हेलमेटको सिसा फुटेको र छेक्दा हातमा समेत चोट लागेको नेपालले फेसबुक लाइभमा बताएका छन् ।
‘आँधीखोला दोहनविरूद्ध बोल्दै गर्दा वडाध्यक्षले हामीलाई धम्की दिएर निस्केका थिए, पछि अर्का एकजना सहित बाटो छेकेर हामीलाई रड हाने,’ उनले भने, ‘मैले रड हातले छेक्दा हातमा लागेको छ, हेल्मेट पनि फुटेको छ।’ आलेलाई भने धकेलेर नालीमा लडाइदिएका थिए ।
आँधीखोला नदीमा गैरकानुनी रूपमा डोजर प्रयोग गरी उत्खनन् गरेको भन्दै उनीहरूले मंगलबार विरोध कार्यक्रम राखेका थिए।
कार्यक्रममा नदी संरक्षण अभियन्ता आलेले अहिलेका कानुन अनुसार नदीमा डोजर प्रयोग गर्न नहुने र ढुंगा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थ निकाल्नुअघि वातावरणीय अध्ययन गर्नुपर्ने धारणा राखेका थिए।
आँधीखोलामा स्थानीय प्रशासन र जनप्रतिनिधिकै मिलोमतोमा गैरकानुनी दोहन भएको भन्दै उनीहरूले आँधीखोला बचाउ अभियान थालेका थिए।
अभियन्ता आले र नेपालविरूद्ध रड प्रहार गरेका वडाध्यक्ष खनाल सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
स्याङ्जा प्रहरी प्रमुख दधिराम न्यौपानेले कुटपिटको सूचना प्राप्त हुने बित्तिकै वडाध्यक्ष खनाललाई सम्पर्क गर्दा नलागेको प्रतिक्रिया दिएका छन् । पीडित नेपालले भने घटनास्थल नजिकै रेष्टुरेन्टमा छिरेको जनाए ।
पीडितद्वयले स्याङ्जा प्रहरीमा किटानी जाहेरी दिँदैछन् ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु