कैलाली कारागारका कैदीबन्दीको मृत्यु, सत्यतथ्य नखुल्दासम्म शव नउठाउने आफन्तको अडान

कैलाली कारागारका कैदीबन्दीको मृत्यु, सत्यतथ्य नखुल्दासम्म शव नउठाउने आफन्तको अडान

thunuwa-mri

कैलाली । कैलाली जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ ।

सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ का २८ वर्षीय हरीश पालीको उपचारका क्रममा मृत्यु भएको हो ।

अचेत अवस्थामा भेटिएका पालीलाई राति सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पालीका आफन्तहरुले भने कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

व्यवसायी मृतक पाली बैंकिङ कसुरका आरोपी हुन् । उनको मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटकसमेत देखिएको छ । सोही कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् । उनको शव प्रादेशिक अस्पतालमै छ ।

पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रूपैयाँ जरिवाना गरेको थियो ।

त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले असार १ गते मात्र पक्राउ गरेर कारागार चलान गरेको थियो । असार २ गते राति एक्कासी बिरामी भएको भन्दै सेती प्रादेशिक अस्पताल र्पुयाइएको थियो। अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्रहरीले परिवारलाई ३ गते बिहान दिएका थिए।

प्रहरीले विरामी भएर उपचारको क्रममा मृत्यु भएको बताएपनि आफन्तहरूले यो सामान्य मृत्यु नभई पूर्वनियोजित हत्या भएको दाबी गरेका छन्।

उनको मृत्युबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ