नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘भोलिको दिनमा सम्मान होला, उज्यालो होला, प्रकाश आउला भन्ने आशाले बाँचेका छौँ। युवाहरू शिक्षाका नाममा, रोजगारीका नाममा, दलालीका नाममा र बाहिर गइरहेका छन्। बाहिर गएर पनि कहाँ सुख पाउनू, त्यहाँ गएर यहाँभन्दा बढी दु:ख पाएको छ। युवाविहीन देश बनाउने हो भने यो बजेट केका लागि ?,’ उनले भने, ‘हामी युवाविहीन हुँदैछौँ। सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ। मृत्यु भयो भने लास लैजान मान्छे छैन।’
उनले देशको नेतृत्व गर्ने मान्छे एउटा कर्मचारीसँग डराउन नहुने बताए। ‘कोही कर्मचारी आउँछ, यो विधेयकमा यो कुरा ले नत्र हामी राजीनामा दिन्छौँ भन्छ, थर्काउँछ। देशको नेतृत्व गर्ने मान्छे थरथर काम्छ,’ उनले भन।
उनले नेताहरूले भाषण मात्रै गरिरहेको बताउँछन्। भाषण गरेर मात्रै देश नबन्ने उनले बताए। ‘भाषणले औषधि दिन्छ ? भाषणले देशलाई उज्यालो दिन्छ ? भाषणले युवालाई विदेशबाट फर्काउँछ ?,’ उनले सोधे, ‘मैले देश बुझ्नै सकिनँ, यो देशका नेतृत्व बुझ्नै सकिनँ।’
उनले नेपालका नेताहरूको चिन्तन नै नपुगेको बताए। ‘अरु जहाँसुकै जाऊन्, आफू मात्रै बन्न खोज्ने प्रवृत्ति भयो। हामीकहाँ दृष्टिकोण नै पुगेन,’ उनले भने।

के सधैँ खानैपर्ने एउटाले ? जागिर सकिएको अर्को दिन नियुक्ति पाउनुपर्ने ?
सांसद डा. भण्डारीले कुलिङ पिरियडबारे कडा टिप्पणी गरेका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै भण्डारीले ‘सधैँ एउटैले खाइरहनुपर्ने नीति नबन्ने’ बताए।
‘कर्मचारी विधेयक ल्याउँदा झगडा गरेको छ, के सधैँ खानैपर्ने एउटाले ? जागिर सकिएको अर्को दिन नियुक्ति पाउनुपर्ने ? यो कुन देशमा छ ? जसलाई कारबाही गर्नुपर्ने हो, उसलाई नियुक्ति ? अबदेखि यो देशमा हुन सक्दैन,’ उनले भने।
सांसद भण्डारीले जोसुकै नेताले भने कुलिङ पिरियडमा हेरफेर गर्न नहुने विचार राखे। ‘जोसुकै नेता भनोस्। म प्रमुख सचेतकज्यूहरूलाई आग्रह गर्न चाहन्छु, तपाईंहरूले निर्देशन मात्रै दिने होइन, कर्तव्य पनि निभाउनुपर्छ,’ उनले भने।
सम्बन्धित खबर
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?