नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘भोलिको दिनमा सम्मान होला, उज्यालो होला, प्रकाश आउला भन्ने आशाले बाँचेका छौँ। युवाहरू शिक्षाका नाममा, रोजगारीका नाममा, दलालीका नाममा र बाहिर गइरहेका छन्। बाहिर गएर पनि कहाँ सुख पाउनू, त्यहाँ गएर यहाँभन्दा बढी दु:ख पाएको छ। युवाविहीन देश बनाउने हो भने यो बजेट केका लागि ?,’ उनले भने, ‘हामी युवाविहीन हुँदैछौँ। सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ। मृत्यु भयो भने लास लैजान मान्छे छैन।’
उनले देशको नेतृत्व गर्ने मान्छे एउटा कर्मचारीसँग डराउन नहुने बताए। ‘कोही कर्मचारी आउँछ, यो विधेयकमा यो कुरा ले नत्र हामी राजीनामा दिन्छौँ भन्छ, थर्काउँछ। देशको नेतृत्व गर्ने मान्छे थरथर काम्छ,’ उनले भन।
उनले नेताहरूले भाषण मात्रै गरिरहेको बताउँछन्। भाषण गरेर मात्रै देश नबन्ने उनले बताए। ‘भाषणले औषधि दिन्छ ? भाषणले देशलाई उज्यालो दिन्छ ? भाषणले युवालाई विदेशबाट फर्काउँछ ?,’ उनले सोधे, ‘मैले देश बुझ्नै सकिनँ, यो देशका नेतृत्व बुझ्नै सकिनँ।’
उनले नेपालका नेताहरूको चिन्तन नै नपुगेको बताए। ‘अरु जहाँसुकै जाऊन्, आफू मात्रै बन्न खोज्ने प्रवृत्ति भयो। हामीकहाँ दृष्टिकोण नै पुगेन,’ उनले भने।

के सधैँ खानैपर्ने एउटाले ? जागिर सकिएको अर्को दिन नियुक्ति पाउनुपर्ने ?
सांसद डा. भण्डारीले कुलिङ पिरियडबारे कडा टिप्पणी गरेका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै भण्डारीले ‘सधैँ एउटैले खाइरहनुपर्ने नीति नबन्ने’ बताए।
‘कर्मचारी विधेयक ल्याउँदा झगडा गरेको छ, के सधैँ खानैपर्ने एउटाले ? जागिर सकिएको अर्को दिन नियुक्ति पाउनुपर्ने ? यो कुन देशमा छ ? जसलाई कारबाही गर्नुपर्ने हो, उसलाई नियुक्ति ? अबदेखि यो देशमा हुन सक्दैन,’ उनले भने।
सांसद भण्डारीले जोसुकै नेताले भने कुलिङ पिरियडमा हेरफेर गर्न नहुने विचार राखे। ‘जोसुकै नेता भनोस्। म प्रमुख सचेतकज्यूहरूलाई आग्रह गर्न चाहन्छु, तपाईंहरूले निर्देशन मात्रै दिने होइन, कर्तव्य पनि निभाउनुपर्छ,’ उनले भने।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु