काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले कवीन्द्र बुर्लाकोटी महामन्त्री र मनीष झालाई प्रवक्ता बनाएको छ।
शनिबार बिहान बसेको रास्वपा केन्द्रीय समितिको बैठकले यसअघि कार्यवाहक महामन्त्री रहेका बुर्लाकोटीलाई महामन्त्री र कार्यवाहक प्रवक्ता रहेका झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको झाले जानकारी दिए।
शुक्रबार निर्वाचन आयोगमा रास्वपाको महामन्त्रीमा ढकाल रहेको अभिलेख सार्वजनिक भएको थियो। रास्वपाबाट कारबाहीमा परेका ढकालले निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोबारे सूचना माग गरेका थिए। त्यसको जवाफमा आयोगले भनेको छ,‘प्रस्तुत विषयमा तपाईँले यस आयोगमा मिति २०८२/०३/०४ मा दर्ता गर्नु भएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८०/१२/२० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको ब्यहोरा आदेशअनुसार अनुरोध छ।’
डा. मुकुल ढकाल नै महामन्त्री भएको पत्र निर्वाचन आयोगबाट सार्वजनिक भएपछि रास्वपा केन्द्रीय समितिको बैठकले जिम्मेवारी हेरफेर गरेको हो।
रास्वपा आज तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ। रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा भएपनि निर्वाचन आयोगमा असार १७ गते दर्ता भएको थियो। लामिछाने सहकारीको बचत रकम ठगेको अभियोगमा पूर्वपक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन्।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?