काठमाडौं । जन्मदिन मनाउन भन्दै बोलाएर कुटपिट गरी एक युवकको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मकवानपुर घर भई जिल्ला काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ टुसाल बस्ने बिकास लामा, बारा निजगढ न.पा. वडा नम्बर ७ घर भएका बर्ष २९ का सुगन्द लामा, निजगढ– ५ घर भएका बर्ष १८ का सौगात क्षेत्री र मकवानपुरको बकैया गाँउपालिका वडा नं. २ घर भएका वर्ष २३ का निसान जिम्भा हुन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार विकास लामा लोका बहिनीको जन्मदिन बनाउन भन्दै बाराको निजगढ नगरपालिका–८ घर भएका ३२ वर्षीय कृष्ण लामालाई बुढानीलकण्ठ टुसालमा बोलाइएको थियो ।
६ असारको राति जन्मदिन बनाउन भन्दै बोलाएर कृष्णलाई उनीहरुले कुटपिट गरी हत्या गरेको पाइएको परिसरका प्रवक्ता बोहराले बताए ।
पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
जन्मदिन मनाउने क्रममा सबै जनाले मादक पदार्थ सेवन गरेको र त्यसपछि उनीहरूबीच विवाद सुरु भएको देखिएको प्रहरीले बताएको छ । विवादले उग्र रुपलिएपछि कुटपिट गर्दा कृष्णको ज्यान गएको प्रहरीको भनाइ छ ।
जसकारण मार्ने पूर्वयोजना भन्दा पनि एकछिनको विवादका कारण उनको ज्यान गएको देखिएको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान