पोखरा । कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/0८३ का लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आइतबार गाउँसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गरिन्। यसअघि गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष गुरुङका अनुसार बजेटमध्ये ३३ करोड ३४ लाख ४८ हजार रुपैयाँ चालु खर्चका लागि र १५ करोड २० लाख ५७ हजार रुपैयाँ पूँजीगत तर्फ विनियोजन गरिएको छ।
बजेटको मुख्य स्रोतमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, ससर्त तथा समपुरक अनुदान गरी करिब ४० करोड भन्दा बढीको रकम रहेको छ। गण्डकी प्रदेश सरकारबाट पनि समानीकरण, समपुरक र विशेष अनुदान लगायत २ करोड भन्दा बढी रकम प्राप्त हुने अनुमान गरिएको छ।
आन्तरिक स्रोतबाट १ करोड ६४ लाख रुपैयाँ र चालु आर्थिक वर्षको बाँकी ३ करोड ८९ लाख रुपैयाँ समेत समेटिएको छ। प्राप्त हुन नसक्ने ५ करोड ५३ लाख रुपैयाँ पनि उल्लेख गरिएको छ ।
बजेटमा कृषि र पशुपालनलाई प्राथमिकता दिँदै करिब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवा, शिक्षा, खानेपानी, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई समेत बजेटमा उच्च प्राथमिकता दिइएको छ । स्वास्थ्य क्षेत्रमा ३ करोड ५९ लाख, शिक्षा क्षेत्रमा १६ करोड ७२ लाख, पूर्वाधार विकासमा १० करोड ८९ लाख तथा सामाजिक क्षेत्रतर्फ २१ करोड २३ लाख १० हजार विनियोजन गरिएको हो।
गाउँपालिकाले जलदेवी धार्मिक क्षेत्र संरक्षण, ग्रेटवाल ट्र्याक निर्माण, घुम्ती कृषि कार्यक्रम, दूध उत्पादनमा आत्मनिर्भरता, एक वडा–एक पोखरी कार्यक्रम, रूपाकोट अस्पताल सुदृढीकरण, सोलार वितरण लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरेको छ।
रूपा गाउँपालिकाले चालु आर्थिक वर्ष ५० करोड ४६ लाखको बजेटमध्ये ८९.९६ प्रतिशत राजस्व संकलन गरेको छ भने औसत खर्च प्रगति ५६.९७ प्रतिशत रहेको जानकारी उपाध्यक्ष गुरुङले जनाइन् । उपाध्यक्ष गुरुङले प्रस्तुत गरेको बजेट गाउँसभाबाट अनुमोदनका लागि प्रस्ताव गरिएको छ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?