धरानका मेयर हर्क साम्पाङले रोके प्रहरी चौकी निर्माणको काम

धरानका मेयर हर्क साम्पाङले रोके प्रहरी चौकी निर्माणको काम

Harka-Sampang_dharan_takura

धरान । धरान उप महानगरपालिका मेयर हर्क साम्पाङले धरान १६ मा निर्माणाधीन प्रहरी चौकी निर्माणको काम रोक्न आदेश दिएका छन् ।

उनले भौतिक पूर्वाधार मन्त्रालय कोशी प्रदेश सरकारलाई पत्र लेख्दै चौकी निर्माणको काम रोकेका हुन् ।

धरानमा पछिल्लो समय विभिन्न वडामा प्रहरीका लागि भवनहरू बन्दै आएका छन् । धरान १६ मा पनि बहुभाषिक पाठशाला रहेको छेउमा प्रहरी चौकी भवन बन्दै आएको छ ।

धरानका मेयर हर्कराज साम्पाङले भौतिक पूर्वाधार मन्त्रालयमा लेखेको पत्रमा डीपीआर नहेरी डिजाइन बारे नगरपालिकासँग राम्रोसँग कुरा नगरी अथवा उपयुक्त स्थान नखोजी निर्माण कार्य नगरिदिनु हुन अनुरोध गरिएको छ ।

पत्रमा बहुभाषिक पाठशालाको कम्पाउन्ड भित्र प्रहरी चौकी बनाउँदा पाठशालाको उद्देश्य प्राप्तिमा असर पुग्ने उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ