नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

corona-death

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया महिलाको मृत्यु भएको हो ।

मृतक महिलाको ठेगाना इलामको सूर्योदया नगरपालिका रहेको अस्पतालले जनाएको छ ।

अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो ।

श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ