काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनीहरूले नेपाललाई हेपेको र अब सरकार सधैँ मौन बस्न नसक्ने चेतावनी दिएका छन्।
मन्त्रालयले पटक-पटक दर्ताका लागि आह्वान गर्दा पनि अटेर गरेको र सम्पर्क गर्दा अपमानजनक व्यवहार गरेको भन्दै मन्त्री गुरुङले आक्रोश व्यक्त गरेका हुन्।
विभिन्न माध्यमबाट सामाजिक सञ्जालका प्रतिनिधिहरूसँग सम्पर्क गर्दा उनीहरूले उल्टै नेपाललाई होच्याएर बोलेको मन्त्री गुरुङको भनाइ छ। ‘हामीलाई हेपेर बोल्ने, ‘तिमीहरूको देशमा सोसल मिडियामा नियमन गर्ने विधेयक पनि छैन’ भनेर आलोचना गर्ने स्थिति आयो,’ मन्त्री गुरुङले भने, ‘त्यही कारणले हामीले अब चुप लागेर बस्न नसक्ने निर्णय लिएका हौं।’
मन्त्री गुरुङले नेपालको कानुन नमान्ने र सरकारलाई अटेर गर्नेहरूलाई सधैँ छुट दिन नसकिने स्पष्ट पारे। ‘नेपालको कानुन नमान्ने, नियम नमान्ने र सरकारसँग सम्पर्क नगर्नेहरूलाई सधैँ मानिराख्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘त्यसको व्यवस्थापन हामी गर्छौँ।’
यस समस्याको स्थायी समाधानका लागि सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक ल्याउन लागेको उनले प्रस्ट पारे। विधेयक पारित भएपछि सबै सामाजिक सञ्जाल नेपालमा दर्ता हुन र यहाँको कानुन मान्न बाध्य हुने उनको विश्वास छ।
विधेयक नआउँदासम्म निर्देशिकाको आधारमा नियमन गरिने र त्यति गर्दा पनि दर्तामा नआए कडा कदम चालिने उनको संकेत छ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर