काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनीहरूले नेपाललाई हेपेको र अब सरकार सधैँ मौन बस्न नसक्ने चेतावनी दिएका छन्।
मन्त्रालयले पटक-पटक दर्ताका लागि आह्वान गर्दा पनि अटेर गरेको र सम्पर्क गर्दा अपमानजनक व्यवहार गरेको भन्दै मन्त्री गुरुङले आक्रोश व्यक्त गरेका हुन्।
विभिन्न माध्यमबाट सामाजिक सञ्जालका प्रतिनिधिहरूसँग सम्पर्क गर्दा उनीहरूले उल्टै नेपाललाई होच्याएर बोलेको मन्त्री गुरुङको भनाइ छ। ‘हामीलाई हेपेर बोल्ने, ‘तिमीहरूको देशमा सोसल मिडियामा नियमन गर्ने विधेयक पनि छैन’ भनेर आलोचना गर्ने स्थिति आयो,’ मन्त्री गुरुङले भने, ‘त्यही कारणले हामीले अब चुप लागेर बस्न नसक्ने निर्णय लिएका हौं।’
मन्त्री गुरुङले नेपालको कानुन नमान्ने र सरकारलाई अटेर गर्नेहरूलाई सधैँ छुट दिन नसकिने स्पष्ट पारे। ‘नेपालको कानुन नमान्ने, नियम नमान्ने र सरकारसँग सम्पर्क नगर्नेहरूलाई सधैँ मानिराख्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘त्यसको व्यवस्थापन हामी गर्छौँ।’
यस समस्याको स्थायी समाधानका लागि सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक ल्याउन लागेको उनले प्रस्ट पारे। विधेयक पारित भएपछि सबै सामाजिक सञ्जाल नेपालमा दर्ता हुन र यहाँको कानुन मान्न बाध्य हुने उनको विश्वास छ।
विधेयक नआउँदासम्म निर्देशिकाको आधारमा नियमन गरिने र त्यति गर्दा पनि दर्तामा नआए कडा कदम चालिने उनको संकेत छ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’