पोखरा । सर्वोच्च अदालतले राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली कार्यान्वयन स्थगन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले राइड सेयरिङ तथा सेल्फ ड्राइभ स्थगन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
उपभोक्ता हित संरक्षण मञ्चले गत जेठ २९ गते सर्वोच्चमा दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
उपभोक्त मञ्चको तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गण्डकी प्रदेशसहित सातै प्रदेशका यातायात मन्त्रालयलाई विपक्षी बनाउँदै रिट हालेका थिए । असार १ गते भएको सुनुवाइ पछि मंगलबार दुबै पक्षलाई अदालतमा हाजिर गराएको थियो ।

सर्वोच्चले जारी गरेको अन्तरिम आदेशमा सार्वजनिक यातायात बन्द हड्ताल नगर्नसमेत निर्देशनात्मक आदेश जारी भएको छ ।
अब सर्वोच्चको आदेशसँगै गण्डकी सरकारलाई आफ्नो चाहना बमोजिम नै राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली कार्यान्वयन गर्न सहज भएको छ । नियमावली कार्यान्वयनसँगै यातायात व्यवसायी भने चरणवद्ध रुपमा प्रदेशस्तर हुँदै देशव्यापी आन्दोलनमा उत्रिएका थिए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु