माधव नेपालको पक्षबाट १ सय २० वकिल, हप्तौंसम्म बहस लम्बिन सक्ने

पतञ्जली जग्गा घोटाला प्रकरणः

माधव नेपालको पक्षबाट १ सय २० वकिल, हप्तौंसम्म बहस लम्बिन सक्ने

इजलासमा वकिल अटाएनन्, बहस सुन्न प्रांगणमा माइक

Madhav Nepal

काठमाडौं। पतञ्जली जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै बुधबार विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एर्कीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान सकिएको छ।

विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको हो। बयानपछि थुनछेक बहस सुरु भएको छ। थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरुको लामो पंक्ति तयार भएको छ।

विशेष अदालतमा चलिरहेको बहसको इजलासमा वकिलहरु नआटएपछि प्रांगण समेत भरिभराउ भएको छ। इजलासमा सबै वकिल नअटाएपछि बहस सुन्न विशेष अदालतको प्रांगणमा माइक लगाइएको छ।

नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपीकृष्ण घिमिरे, गोविन्द बन्दी लगायत १२० जनाले बहसका लागि नाम टिपाएका छन्। विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा जारी बहसमा ८ जनाले मात्रै बहस गर्नेछन् ।

थुनछेक बहस लम्बिएमा आज नेपाल न्यायिक हिरासतमा बस्नुपर्ने हुनसक्ने भएकाले नेपालको तर्फबाट केही कानुन व्यवसायीले मात्रै बहसमा भाग लिएका हुन् ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहितले बहस गर्दै छन्। पन्तसहित ४ जना वकिलले बहसमा भाग लिएका छन्। अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा घोटाला प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ