पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) द्वारा आयोजित वार्षिक कार्यक्रम ‘पिसिएम फेस्ट २०८२’ आज सम्पन्न भएको छ।
कलेजमा रहेका विभिन्न विद्यार्थी क्लबहरूको सक्रिय आयोजनामा भएको उक्त फेस्टमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै कलेजकी प्राचार्य लीना नेगी श्रेष्ठले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई किताबी ज्ञानका साथै उनीहरूको अन्तरव्यक्तिगत सम्बन्ध र व्यवस्थापकीय सीप विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।
“यस्ता कार्यक्रमले विद्यार्थीहरूमा लुकेको प्रतिभा उजागर गर्न र उनीहरूको आत्मविश्वास बढाउन मद्दत गर्छ,” उनले भनिन् ।
आजको फेस्टको मुख्य आकर्षण चर्चित रक ब्यान्ड ‘रकहेड्स’ को प्रस्तुति रहेको थियो। ‘रकहेड्स’ ले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा कार्यक्रमको माहोल नै तातेको थियो।
कार्यक्रममा उपस्थित करिब ४०० विद्यार्थीहरू ब्यान्डको प्रस्तुतिमा झुमेका थिए। यसका साथै पोखराको स्थानीय ब्यान्डले पनि आफ्नो सांगीतिक प्रस्तुति दिएर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो।
फेस्टमा कलेजका विद्यार्थीहरूले पनि आफ्नो गायन तथा नृत्य कला प्रस्तुत गरी प्रतिभा देखाएका थिए। सांगीतिक प्रस्तुतिबाहेक फेस्टमा विभिन्न परिकारका खानाका स्टलहरू र रमाइला खेलका स्टलहरू पनि राखिएका थिए, जहाँ विद्यार्थीहरूले भरपुर मनोरञ्जन लिएका थिए।
विद्यार्थीहरूद्वारा नै व्यवस्थापन गरिएको यो कार्यक्रमले उनीहरूलाई मनोरञ्जन मात्र नभई व्यवहारिक व्यवस्थापनको अनुभव पनि प्रदान गरेको आयोजक विद्यार्थीले बताएका छन्।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला