जेन जी पुस्तालाई खै इतिहास, भूगोल पढाएको ? : पूर्वराष्ट्रपति यादव

चिन्ता

जेन जी पुस्तालाई खै इतिहास, भूगोल पढाएको ? : पूर्वराष्ट्रपति यादव

'जेन जी पुस्ता भन्छौं हामी, हिजो के थियो ? देखेकै छैन उसले'

rambaran yadav

चितवन — पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपालमा राजनीतिक परिवर्तनसँगै पूर्वाधार लगायतका क्षेत्रमा प्रगति भएपनि मान्छे सन्तुष्ट नहुनुको कारण खोज्नुपर्ने बताएका छन् ।

बुधबार भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले भने, ‘मान्छेमा सन्तुष्टि नै छैन । हिजो के थियो देखेकै छैन उसले। जेन जी पुस्ता भन्छौं हामी । उसको दोष हैन, सरकारले यो नयाँ पुस्तालाई न इतिहास पढाउँछ न भूगोल ।

सडक सञ्जाल देशभर विस्तार भएको, दुई दशकमा सञ्चार सेवामा क्रान्ति भएको र स्वास्थ्य शिक्षाको विस्तार पनि राम्रो भएको उनले बताए । ‘तर गुणस्तरीय सेवा र सर्वसाधरणलाई विश्वासमा लिन अझै आवश्यक छ,’ पूर्वराष्ट्रपति यादवले भने । कोभिडले पिरोलेको त्यसअघि भूकम्पले दु:ख दिएको देशमा जनताले नै चुनेका प्रतिनिधिले संविधान बनाएर जनतालाई देशको मालिक बनाएको तथ्य बिर्सन नहुने उनले बताए ।

‘आज स्थानीय तहमा १२/१३ हजार जना दलित, मधेशी, आदिवासी, महिला, जनजाति, मुस्लिम अल्पसंख्यकहरु चुनिएको अवस्था छ । पछिल्लो १७ वर्षमा लोकसेवाबाट २५ हजार २१८ जना दलित, जनजाति, मधेशी, मुस्लिम, पिछडा वर्ग रोजगारीमा आएको छ । देश सबैको हो भन्ने भावना बढेको छ,’ पूर्व राष्ट्रपति यादवले भने । १० वर्षको सशस्त्र संघर्षलाई विराम लगाउँदै देश अगाडि बढेको उनले बताए ।

‘हामी अफ्ठ्यारो अवस्थाबाट गुज्रिँदै यहाँसम्म आएको हो । देशमा धेरै कुरा भएको छ । म नेगेटिभ भन्दिनँ, म आफैंले भोगेको छु, म पोजेटिभ छु । हिजो भारत लथालिङ्ग थियो, चीन त्यस्तै थियो । अहिले अगाडि आए । हामी पनि अगाडि बढ्दै छौँ । रोम पनि एक दिनमा बनेन,’ उनले भने ।

उनले नयाँ नेपालमा सबैको अधिकार बराबर भएको र ‘डेमोक्रेसी’लाई राख्दै हाम्रा संरचनाहरुलाई कसरी सवल बनाउने भन्ने ज्ञान सरकार र राजनीतिक नेतृत्वलाई हुनुपर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ