ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु

ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु

mrita fela

ललितपुर। ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका– ६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सबइञ्जिनियरको मृत्यु भएको छ ।

बुधबार बेलुकी ठुलादुर्लुङस्थित र्भयाङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सबइञ्जिनियर सविन दाहालको मृत्यु भएको हो ।

महाँकाल गाउँपालिका– ६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार बेलुकी अन्दाजी ७ः३० बजेतिर खोल्सामा आएको बाढीले सविनलाई बगाएको थियो ।

मान्छे बगाएको थाहा पाएर बेलुकी १० बजेतिर खोजी गर्दा उनको शवलाई फेला परेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds