एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर्ने

एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर्ने

National-Exam-Board-of-Nepal1

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योगका लागि आवेदन दिन सकिने बताएको छ ।

प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

‘पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवदेन गर्न सकिने व्यवस्था गरिएको छ, जसअनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि यस कार्यालयको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्ने छन्,’ बोर्डले भनेको छ ।

पुनर्योगका लागि २३ असारको बेलुका ५ बजेसम्मको समय बोर्डले तोकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ