श्रीमतीको हत्या भएको ३ वर्षपछि श्रीमान् पक्राउ

श्रीमतीको हत्या भएको ३ वर्षपछि श्रीमान् पक्राउ

arrested

रौतहट । रौतहटमा श्रीमती हत्याको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका ४ घिउरा टोलका फैयाद मिया मन्सुरी छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनले २६ माघ २०७८ मा आफ्नी श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरेको आरोप छ ।

घाँटीमा सलले बेरेर मुखमा पनि सल कोचेको अवस्थामा चाँदनी मृत भेटिएकी थिइन् । गहुँ खेतमा मन्सुरीले आफ्नै श्रीमती हत्या गरेको आरोप लागेको थियो । त्यसयता उनी फरार हुँदै आएका थिए ।

पक्राउ परेकाविरुद्ध रौतटह जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ