दरबारमार्गमा निर्माणाधीन घरको चौथो तलाबाट खसेर २ जना कामदारको मृत्यु

दरबारमार्गमा निर्माणाधीन घरको चौथो तलाबाट खसेर २ जना कामदारको मृत्यु

ladera mrityu

काठमाडौं । काठमाडौंको दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको मृत्यु भएको छ ।

हिजो बेलुका ५ बजे लिफ्ट बनाउने क्रममा खसेर कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० वर्षका विशाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरू दरबारमार्गमा रहेको हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको नौ तले पक्की घरको चौथो तलाबाट खसेका हुन् ।

लिफ्टमा ग्रिज लगाउन भन्दै चढेका उनीहरू फलामको सिक्री चुँडिएर भुँईमा खसेका थिए । तत्कालै उद्धार गरी वीर अस्पताल लगिएकामा उपचारका क्रममा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds