स्याङ्जाको वालिङ् नगरपालिकाबाट सुन चोरीको आरोपमा दुईजना पक्राउ परेका छन् ।
चापाकोट नगरपालिका -४ घर भई हाल वालिङ् नगरपालिका -६ बस्ने ३४ वर्षीया दिपा क्षेत्री र वालिङ् नगरपालिका -९ बस्ने ३२ वर्षीय दुर्गा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
यही असार १७ गते वालिङ् नगरपालिका -६ स्थित थानकुमारी पाण्डेको घरबाट सुन चोरी भएको थियो । पाण्डेको घरबाट सुन चोरी भएको सूचनाको आधारमा दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट अन्दाजी आधा तोला बराबरको सुनले जडान गरिएको पञ्चरत्ने बाला दुई थान बरामद गरिएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।
उनीहरुलाई शुक्रबार स्याङ्जा अदालतबाट दस दिनको म्याद थप अनुमति लिएर चोरी मुद्दामा वडा प्रहरी कार्यालय वालिङ्बाट आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
वालिङ आसपासका क्षेत्रमा विगतका दिनहरूमा पनि घरभित्र पसी मानिसले लगाएका सुनहरू थुत्ने र चोर्ने जस्ता कार्यहरू भइरहेको र यस्ता घटनाहरूहरूबाट सचेत रहन र संकास्पद व्यक्तिहरू हिडडुल गरेको पाइएमा तुरून्तै नजिकको प्रहरीलाई जानकारी गराउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आग्रह गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो