पोखरा । गण्डकी प्रदेशका किरातीहरूको भाषिक तथा सांस्कृतिक अवस्थाबारे पोखरामा विमर्श गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा किरात अध्ययन तथा अनुसन्धान केन्द्र, कास्कीको आयोजनामा एक दिने गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै प्रदीप कुलुङले गण्डकी प्रदेशमा २०२० सालदेखि किराँत समुदायको बसोबास सुरु भएको पाइएको उल्लेख गरे । पछिल्लो समयमा गोर्खा भर्तीका कारण मगर, गुरुङ समुदायसँगको सामीप्यतासँगै गण्डकी प्रदेश त्यसमा पनि विशेषगरी पोखरा क्षेत्रमा किराँत समुदायको बसाइँसराइँ बढ्न थालेको उनले बताए ।
गोष्ठीका प्रमुख अतिथि, नेपाल प्रज्ञा–प्रतिष्ठानका साहित्य तथा मातृभाषा विभाग प्रमुख, प्राज्ञ राजन मुकारुङले यस कार्यक्रमले गण्डकी प्रदेशमा महत्वपूर्ण र ऐतिहासिक कार्यको थालनी भएको उल्लेख गरे ।
भाषा, संस्कृति जोगाउन प्रविधिसँग जोडिनु आवश्यक रहेको भन्दै उनले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृतिप्रति चासो बढाउन प्रविधिमैत्री हुनु आवश्यक रहेको धारणा व्यक्त गरे ।
किराँत समुदायले जुनसुकै ठाउँमा बसोबास गरे पनि अन्य समुदायसँग सांस्कृतिक आदानप्रदान गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रज्ञा मुकारुङले संस्कृतिलाई जडता भन्दा पनि सौन्दर्यको हिसाबले अघि बढाउन आवश्यक रहेकोमा जोड दिए ।
गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथि दीपेन्द्र राई, दिनेश सुब्बा र अर्जुन मान्थेर्बुले टिप्पणी गर्दै किरात समुदायको इतिहासलाई समेटेर गण्डकी प्रदेशमा किराँत समुदायको अवस्थाबारे चर्चा गर्नु सान्दर्भिक हुने भनाइ राखे ।
किराँत अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष रामकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अनुज कुलुङले सञ्चालन गरेका थिए । कार्यक्रममा विश्वहाङ राई लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर