भारतबाट ७ जना नेपाली बालकको उद्धार

भारतबाट ७ जना नेपाली बालकको उद्धार

balak-udar

पोखरा । भारतबाट सात जना नेपाली बालकको उद्धार गरिएको छ ।

प्रहरीका अनुसार भारतबाट उद्धार गरेर ल्याइएका सर्लाहीका तीन र महोत्तरीका चार जना बालक रहेका छन् ।

उनीहरुलाई परिवारको जिम्मा समेत लगाइएको छ । बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र जनकपुरले मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवको उपस्थितिमा भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालकलाई अभिभावकको जिम्मा लगाइएको हो ।

तीन महिना अघि भारतको चेन्नइमा काम गर्नका लागि जाने क्रममा भारत विहारको मुजफ्फरपुर रेल्वे स्टेशन पुगेका ती बालकलाई भारतीय प्रहरीले समातेर त्यहाँ रहेको बाल कल्याण समितिको जिम्मा लगाएको थियो ।

उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरेर उद्धार गरी अस्ति शुक्रबार नेपाल ल्याइएको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ