पोखरा ५ पर्स्याङमा रहेको शान्ति निकेतन स्कूलले एसइई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई शनिवार एक समारोहकाबीच बधाई तथा सम्मान गरेको छ ।
विद्यालयले एसइई उत्तीर्ण ३९ जना विद्यार्थीलाई एकसाथ बधाई तथा सम्मान व्यक्त गरेको हो । सर्वोत्कृष्ट नतिजा ४ जीपीए ल्याउने अनुपम पराजुली र निश्चल कोइरालालाई जनही १ लाखका दरले सम्मान गरेको छ ।

अन्य विद्यार्थीलाइ पनि विद्यालयले खादा माला र मायाको चिनो दिएर सम्मान गरेको विद्यालयले जनाएको छ । विद्यालयका ३९ विद्यार्थीमध्ये विज्ञान विषयमा ३८ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् । त्यस्तै, लेखा विषयमा २४ जना विद्यार्थी र नेपालीमा २२ जना विद्यार्थीले ४ जीपीए प्राप्त गर्न सफल भएको विद्यालयले जनाएको छ ।
सो अवसरमा विद्यालयले ४ जीपीए ल्याउने विद्यार्थीका विषयगत शिक्षकलाई पनि हौसला स्वरुप नगदसहित सम्मान गरेको छ । स्कूलका २ जना विद्यार्थीले सर्वोत्कृष्ट ४ जीपीए, ३२ जनाले उत्कृष्ट र ५ जनाले सन्तोषजनक नतिजा हाँसिल गरेका छन् ।

विद्यालयको औषत नतिजा ३.७५ भन्दा माथि रहेको विद्यालयका संस्थापक प्रीन्सिपल डा. महेश्वर पराजुलीले जानकारी दिएका छन् । माथिल्लो नतिजा ४ जीपीए र तल्लो ३.१६ भएको उनले जानकारी दिए । गत वर्ष एक जनाले ४ जीपीए ल्याएको बताउँदै यो वर्षको नतिजा विगतको भन्दा राम्रो रहेको बताए ।
अनुभवी शिक्षकशिक्षिका, अभिभावकको निरन्तर खबरदारी र चासो तथा विद्यार्थीको मेहनतले गर्दा विद्यालयले उचाई हाँसिल गर्न सफल भएको उनले दावी गरे ।
सो अवसरमा वोल्दै शिक्षा विकास समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले कास्कीका संस्थागत विद्यालयहरुमा शान्ति निकेतन स्कूलको नतिजा उत्कृट रहेको बताए । उनले विद्यार्थीले लव्धाङ्कमा जसरी अंक ल्याएका छन् घर, परिवार र छिमेकमा पनि उनीहरुको व्यवहारमा उत्कृष्टता झल्किनु पर्ने बताए ।

विद्यालयका अभिभावक एवं रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथकले शान्ति निकेतनको नतिजा पोखराका संस्थागत विद्यालय मध्ये अब्बल रहेको बताए । उनले आगामी दिनमा यो नतिजा कायम राख्दै थप प्रगति पथमा लम्किन विद्यालय परिवारलाई आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भूर्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा बराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, विद्यालयका सल्लाहकार सोमनाथ भूर्त्याल, समाजसेवी हेरम्वप्रसाद कोइराला, सहायक प्राचार्य यदूविलास भूर्त्याल, विद्यार्थीद्वय अनुपम पराजुली र निश्चल कोइराला तथा सामाजिक विषयका शिक्षक हेम सुवेदी लगायतले विद्यालयको प्रगति र नतिजाको बारेमा प्रशंसा गरेका थिए ।

सम्बन्धित खबर
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो