पोखरा ५ पर्स्याङमा रहेको शान्ति निकेतन स्कूलले एसइई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई शनिवार एक समारोहकाबीच बधाई तथा सम्मान गरेको छ ।
विद्यालयले एसइई उत्तीर्ण ३९ जना विद्यार्थीलाई एकसाथ बधाई तथा सम्मान व्यक्त गरेको हो । सर्वोत्कृष्ट नतिजा ४ जीपीए ल्याउने अनुपम पराजुली र निश्चल कोइरालालाई जनही १ लाखका दरले सम्मान गरेको छ ।

अन्य विद्यार्थीलाइ पनि विद्यालयले खादा माला र मायाको चिनो दिएर सम्मान गरेको विद्यालयले जनाएको छ । विद्यालयका ३९ विद्यार्थीमध्ये विज्ञान विषयमा ३८ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् । त्यस्तै, लेखा विषयमा २४ जना विद्यार्थी र नेपालीमा २२ जना विद्यार्थीले ४ जीपीए प्राप्त गर्न सफल भएको विद्यालयले जनाएको छ ।
सो अवसरमा विद्यालयले ४ जीपीए ल्याउने विद्यार्थीका विषयगत शिक्षकलाई पनि हौसला स्वरुप नगदसहित सम्मान गरेको छ । स्कूलका २ जना विद्यार्थीले सर्वोत्कृष्ट ४ जीपीए, ३२ जनाले उत्कृष्ट र ५ जनाले सन्तोषजनक नतिजा हाँसिल गरेका छन् ।

विद्यालयको औषत नतिजा ३.७५ भन्दा माथि रहेको विद्यालयका संस्थापक प्रीन्सिपल डा. महेश्वर पराजुलीले जानकारी दिएका छन् । माथिल्लो नतिजा ४ जीपीए र तल्लो ३.१६ भएको उनले जानकारी दिए । गत वर्ष एक जनाले ४ जीपीए ल्याएको बताउँदै यो वर्षको नतिजा विगतको भन्दा राम्रो रहेको बताए ।
अनुभवी शिक्षकशिक्षिका, अभिभावकको निरन्तर खबरदारी र चासो तथा विद्यार्थीको मेहनतले गर्दा विद्यालयले उचाई हाँसिल गर्न सफल भएको उनले दावी गरे ।
सो अवसरमा वोल्दै शिक्षा विकास समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले कास्कीका संस्थागत विद्यालयहरुमा शान्ति निकेतन स्कूलको नतिजा उत्कृट रहेको बताए । उनले विद्यार्थीले लव्धाङ्कमा जसरी अंक ल्याएका छन् घर, परिवार र छिमेकमा पनि उनीहरुको व्यवहारमा उत्कृष्टता झल्किनु पर्ने बताए ।

विद्यालयका अभिभावक एवं रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथकले शान्ति निकेतनको नतिजा पोखराका संस्थागत विद्यालय मध्ये अब्बल रहेको बताए । उनले आगामी दिनमा यो नतिजा कायम राख्दै थप प्रगति पथमा लम्किन विद्यालय परिवारलाई आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भूर्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा बराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, विद्यालयका सल्लाहकार सोमनाथ भूर्त्याल, समाजसेवी हेरम्वप्रसाद कोइराला, सहायक प्राचार्य यदूविलास भूर्त्याल, विद्यार्थीद्वय अनुपम पराजुली र निश्चल कोइराला तथा सामाजिक विषयका शिक्षक हेम सुवेदी लगायतले विद्यालयको प्रगति र नतिजाको बारेमा प्रशंसा गरेका थिए ।

सम्बन्धित खबर
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
प्रतिभाकी करिना हिसान कास्कीको तत्स्थान कविता लेखन प्रतियोगितामा सर्वोत्कृष्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’