त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

Trishuli-uddhar

पोखरा । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सोमबार राति नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

उद्धारपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ । सहायक रथी बस्नेतले थपे, ‘उद्धारका लागि नेपाली सेनाको एमआई १७ र एक्वेरल हेलिकोप्टर खटिएको छ ।’
पहिलो हेलिकप्टरले उनीहरुको उद्धार नगरी फर्किएको थियो । पछि अर्को ठूलो हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो ।

आकस्मिक आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा दुईजना फसेका थिए।

बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसिरहेको अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ