पूर्वराजा ज्ञानेन्द्र शाहका संवादसचिव डा. फणी पाठकलाई प्रहरीले पूर्व राजाको सचिवालय लेख्ने शर्तमा छाडेको छ ।
शुक्रबार बिहानैदेखि सोधपुछमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाठकलाई श्री ५ महाराजधिराज सम्बोधन नगर्ने शर्तमा छाडिएको हो ।
मुलुकमा राजसंस्था विस्थापित भएको १७ वर्ष भए पनि पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सचिवालयबाट राजाकै हैसियतमा विज्ञप्ति जारी गर्न लगाउने र त्यही अनुसारको भ्रम सिर्जना गर्ने गर्दै आएका छन्।
‘उहाँलाई परिवारको सदस्यका साथमा पठाइएको छ, संविधानसम्मत शब्दहरू प्रयोग गर्ने गरी पठाइएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले भने ।
उनलाई संविधान विपरित कार्य गरेको आरोपमा शुक्रबार बिहानै सोधपुछका लागि बोलाइएको थियो । पूर्वराजा शाहलाई गर्ने सम्बोधनको शब्द तथा शैलीको विषय संसदमा पनि उठाइएपछि प्रहरीले उनलाई सोधपुछका लागि बोलाइएको थियो ।
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएपनि पूर्व राजा ज्ञानेन्द्रले आफ्नो सचिवालय मार्फत यसलाई स्वीकार गर्न नसकेको सन्देश दिइरहेका थिए ।
उनले नारायणहिटी दरवार छाडेपनि आफ्नो सचिवालय मार्फत ‘श्री ५ महाराजधिराजको’ उपाधि राखिएको लेटर प्याड चलाउने गरेका छन् । उनले अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ को पूर्ण उल्लंघन गरेका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु