पोखरा १७ स्थित छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नाममा कालोमोसो दलिएपछि यहाँका दर्जन संघसंस्थाले विज्ञप्ति निकालेर घटनाको घोर भर्त्सना गरेका छन् ।
सामाजिक सञ्जालमा पनि घटनाप्रति सर्वसाधारणले चर्को विरोध गरेका छन् । तीन दशक लामो समय पढाएका गुरुमाथि विद्यार्थीकै नाममा अपराधिक हर्कत भएको भन्दै विद्यार्थी संगठन र पूर्व विद्यार्थीहरुले पनि विज्ञप्ति निकालेर भर्त्सना गरेका छन् ।
धमेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत)सँग आवद्ध अनेरास्ववियू (क्रान्तिकारी) गण्डकी प्रदेश समितिका ईञ्चार्ज राजन साउदको नेतृत्वमा गएको टोलीले छोरेपाटन माविका विव्यस अध्यक्ष तथा पूर्व सहायक प्रधानाध्यापक पहारीमाथि कालोमसी पोखेका थिए । पहारी शुक्रबार बिहान निवासबाट विद्यालयतर्फ जाँदै गर्दा उक्त घटना भएको थियो ।
कालोमोसो दल्न लगाउने मुख्य योजनाकार सुजन विकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ भने घटनामा संलग्न दुई जना विरुद्ध पनि पक्राउ पूर्जी जारी गरी प्रहरीले खोजी गरिरहेको छ ।
प्रहरीले नेकपा बहुमतका पोलिटब्युरो सदस्य तथा युवा संगठनको फ्याक्सन इञ्चार्ज समेत रहेका विकलाइ शुक्रबार साँझ पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाका अनुसार बिककै योजना र निर्देशनमा कालोमोसो दलिएको देखिएकोले पक्राउ गरी अभद्र मुद्धामा अनुसन्धान अगाडि बढाइएको छ ।
विक माओवादी केन्द्रबाट विभाजन भएको वैद्य समूह (मोहन वैद्य), विप्लप समूह (नेत्रविक्रम चन्द) हुँदै अहिले विप्लवबाट पनि विभाजन भएको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतमा आवद्ध भएका हुन् ।
कालोमोसो दलेपछि विज्ञप्ति जारी गर्दै बहुमतनिकट विद्यार्थी संगठनले जिम्मेवारी लिएको थियो भने पहारी र प्रधानाध्यापकसमेतलाई राजीनामा दिन र कारबाही गर्नसमेत माग गरेको थियो ।
पातले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्कामा दिने निर्णयमा हस्ताक्षर गरेको भन्दै उनीहरुले पहारीमाथि कालोमसी छर्केका हुन् ।
सम्बन्धित खबर
निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
निर्वाचन आयोग आचारसंहिता पालना गराउन सक्रिय, २१ जनालाई स्पष्टीकरण सोधियो
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो