लायन्स पोखरा अभियानद्वारा मृगौला पीडितलाई आर्थिक सहायता प्रदान

सहयोग

लायन्स पोखरा अभियानद्वारा मृगौला पीडितलाई आर्थिक सहायता प्रदान

sahayogg

लायन्स क्लब अफ पोखरा अभियानले मृगौला रोगबाट प्रभावितलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

लायन वर्ष २०२५/२६ को आरम्भ सेवा कार्यक्रम अन्तर्गत कास्कीको मादी गाउँपालिका–१२ निवासी २९ वर्षीय मृगौला रोगबाट प्रभावित विशाल रानाभाटलाई ३० हजार ५ सय आर्थिक सहयोग प्रदान गरेको क्लबले जनाएको छ ।

दुबै मृगौला फेल भई प्रत्यारोपणको आवश्यकता परेका रानाभाटका लागि क्लबले सुरु गरेको यो सहयोग अभियान सामाजिक उत्तरदायित्वप्रति देखाइएको प्रेरणादायक कदम रहेको उनीहरूको ठहर छ ।

लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष बिनोदराज आचार्यले लायन वर्षको शुरुवात सेवामूलक कार्यबाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै सानो सहयोगले पनि कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा राखे ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि निवर्तमान डिस्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, विशेष अतिथि एरिया १३ संयोजक सूर्य चपाई, विभागीय प्रमुख मातृका पोखरेल र रिजन चेयरपर्सन डिलाराम लामिछानेको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन क्लबका सचिव सुशिल दाहालले गरेका थिए । स्वागत मन्तव्यसहित संयोजनको जिम्मेवारी निर्वाह गरेका दिपेश रानाभाटले सहयोग संकलनदेखि कार्यक्रम व्यवस्थापनसम्मको भूमिका निर्वाह गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ