पोखरा । अन्तराष्ट्रिय मानवअधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ५४ को १२ औं अधिवेशनले विष्णुहरि पन्थीको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।
२४ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले अन्नपूर्ण समूह ५४ को संयोजकमा विष्णुहरि पन्थी चयन भएका हुन् ।
शनिबार पोखरामा सम्पन्न साधारण सभाले उपसंयोजकमा मीना रानाभाट, सचिवमा ज्योती हमाल, कोषाध्यक्षमा सुसिल केसी, सहसचिवमा अनिरुद्ध बराल चयन गरेको छ ।
त्यस्तै समितिको सदस्यहरूमा अजय थापा, अस्विन कार्की, विश्व कुमार बिजुक्छे, रन्जित तिमिल्सिना, मनहरि भण्डारी र नवीन श्रेष्ठ चयन भएका छन् ।
प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले मानवअधिकारको वकालत गर्ने गरी एम्नेस्टी इन्टरनेसनलको सदस्य बन्दै मानवअधिकार संरक्षणका कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नवनिर्वाचित टिमले एम्नेष्टी अभियानलाई व्यापक बनाइ मानवअधिकार संरक्षण नयाँ उचाईमा पुराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
नवनिर्वाचित टिमलाई निर्वाचन संयोजक एवम एम्नेष्टी इन्टरनेशनल समूह ५४ का पुर्व संयोजक नविनराज बरालले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै नयाँ कार्यसमितिले मानव अधिकारका क्षेत्रमा प्रभावकारि भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एम्नेष्टी इन्टरनेशनलका केन्द्रिय सदस्य मिना थापा, एम्नेष्टी इन्टरनेशनल समूह ५४ का पुर्व संयोजकहरु कोमलनाथ कुवँर, अनन्त कोइराला, भानु पराजुली, एम्नेष्टी इन्टरनेशनल समूह ८२ का सचिव हरि प्रसाद शर्मा लगायतले निर्वाचितहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विश्वकै सबैभन्दा ठूलो अन्तराष्ट्रिय मानवअधिकारवादी संस्थाको मान जोगाइराख्न आग्रह गरेका थिए ।
निवर्तमान सँयोजकमा सुरेन्द्र परियारले एम्नेस्टी इन्टरनेशनल नेपाल, अन्नपूर्ण समूह ५४ को संयोजकको रूपमा मेरो २ वर्षे कार्यकाल पूरा अविस्मरणीय रहेको बताउदैं मानव अधिकारको लागि समर्पण, ऐक्यबद्धता रहेको बताए । उनले अधिवेशनले सक्षम टोली नेतृत्वमा आएको बताउदैं नयाँ नेतृत्वलाई स्वागत साथै सफल कार्यकालको शुभकामना दिए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?