सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने प्रधानमन्त्री ओलीको तयारी

राजनीति

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने प्रधानमन्त्री ओलीको तयारी

गुप्ताको जबाफ चित्तबुझ्दो नभए राजीनामा माग्ने, नदिए बर्खास्त गर्ने तयारी

pm-and-mantri-gupta-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुसको डिल गरेको दाबीसहित अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओली काठमाडौं फर्किएका छन् र तत्काल यसबारे निर्णय लिँदैछन् । मन्त्री गुप्तालाई बोलाएर कुराकानी हुँदैछ,’ सचिवालय स्रोतले भन्यो, ‘त्यसपछि प्रधानमन्त्रीले एक्सन लिनुहुन्छ।’

मन्त्री गुप्ताले ‘घुस डिल’ गरेकोसम्बन्धी अडिओ सार्वजनिक हुँदा प्रधानमन्त्री पूर्वमा थिए ।

प्रधानमन्त्री ओलीले मन्त्री गुप्ताको जबाफ चित्तबुझ्दो नभए राजीनामा माग्ने, नदिए बर्खास्त गर्ने तयारी गरेको सचिवालय स्रोतको दाबी छ। ‘राजीनामा गर्न नै भनिन्छ । त्यो नै उत्तम विकल्प हो’ स्रोत भन्छ, ‘नभए बर्खास्तकै निर्णय गर्नुपर्ने हुन्छ ।’ गुप्ता नेकपा (एमाले) का केन्द्रीय सदस्य र प्रतिनिधि सभा सांसद पनि हुन्।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ भन्दै मन्त्री गुप्ताको अडिओ सार्वजनिक भएको थियो।

मन्त्री गुप्ताले पनि प्रधानमन्त्रीसँग कुराकानी नभएको बताएका छन्। उनले आफ्नो खातामा र मन्त्रालयको खातामा पैसा नआएको दाबीसमेत गरेका छन् भने अडिओ परीक्षण गर्न आफू तयार रहेको बताएका छन्।

सार्वजनिक भएको अडियोमा अर्का मन्त्री बलराम अधिकारीलाई पनि घुस लिएको आरोप मन्त्री गुप्ताले लगाएका छन् । तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीलाई भने यही आरोपकै आधारमा तत्काल कुनै निर्णय नलिने सम्भावना छ ।

सार्वजनिक भएको अडियो अनुसार भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्तिमा बिचौलिया सुजन लामा र मन्त्री गुप्ता बीच सम्वाद भएको छ । जहाँ भूमि आयोग अध्यक्ष नियुक्तिमा घुस डिल भएको सुनिन्छ ।

यद्यपि अडियोमा नाम लिइएको व्यक्ति आयोगको जिल्ला अध्यक्ष नियुक्त भएनन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ