संसदीय पत्रकार मञ्च गण्डकीमा नयाँ नेतृत्व

नयाँ नेतृत्व

संसदीय पत्रकार मञ्च गण्डकीमा नयाँ नेतृत्व

विशन क्षेत्रीले रोहितराज पराजुलीलाई ४ मतले हराए

samsadiya gandaki

पोखरा। संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको छैटौं साधारण सभा र चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। बिसन क्षेत्री मञ्चको अध्यक्षमा चुनिएका छन् । उनले रोहितराज पराजुलीलाई ४ मतले पछाडि पार्दै जित हासिल गरे ।

बाह्रखरी अनलाइन र ढोरपाटन दैनिकमा कार्यरत क्षेत्रीले २० मत पाए भने नयाँपत्रिकाका पराजुलीले १६ मत प्राप्त गरे ।

उपाध्यक्षमा कान्तिपुर पब्लिकेसनका अनुप पौडेल निर्वाचित भए । उनले सेतोपाटी अनलाइनका युवराज श्रेष्ठलाई १० मतले हराए । पौडेलले २३ मत पाउँदा श्रेष्ठले १३ मतमा चित्त बुझाए ।

कोषाध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का ऋषिराम बराल विजयी भए। उनले १९ मत ल्याएर गोर्खा पत्र दैनिक र समाधान पत्रिकाका फडिन्द्र अधिकारीलाई पछाडि पारे। अधिकारीले १७ मत पाए।

सचिवमा युनिश गुरुङ र सहसचिवमा उमा आले निर्विरोध चुनिए । त्यस्तै, कार्यसमिति सदस्यहरूमा दुर्गा राना, विमल तिवारी, अनिता घिमिरे, प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पौडेल पनि निर्विरोध निर्वाचित भए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिवेशनको उद्‌घाटन गरेका थिए । अधिवेशन उद्‌घाटन गर्दै मुख्यमन्त्री पाण्डेले जबर्जस्ती रुपमा गणतन्त्र स्थापना पछि केही पनि सकारात्मक भएन भन्ने खालको भाष्य निर्माण गर्ने प्रयत्न भइराखेको बताए।  उनले गणतन्त्र स्थापना अघि र अहिलेको नेपाल साँच्चै नै उस्तै छ त? भनी प्रश्न समेत गरेका छन् । मुख्यमन्त्री पाण्डेले गणतन्त्र स्थापना पछि देशमा उल्लेख्य रुपमा सकारात्मक परिवर्तन भएको दावी गर्दै जनताको आयस्रोत बढाउन भने नसकेको स्वीकार गरे । 

सरकारले गरिरहेको गलत कामको खबरदारीसँगै राम्रा कामको बारेमा सत्यतथ्यमा आधारित रहेर लेख्नुपर्ने बताए । जनतालाई सहित समाचारबाट सुसूचित गराउनुपर्ने उनको भनाई थियो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले राईड शेयरिङको बारेमा   ल्याएको कार्यविधि कार्यन्वयनमा ल्याउनका लागि पत्रकार जगतबाट राम्रो सहयोग मिलेको समेत उल्लेख गरे । 

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले पछिल्लो समय व्यवस्थाप्रति वितृष्णा र अफवाह  फैलाउने काम बढिरहेको बताउँदै व्यवस्था जोगाउनका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । व्यवस्थाप्रति जबरजस्ती रुपमा जनतामा वितृष्ण फैलाउनका लागि निर्माण गर्न लागिएको भाष्य हटाउनका लागि पत्रकारहरु लाग्नुपर्ने उनको जोड थियो ।

 राप्रपा गण्डकीका अध्यक्ष एवं संसदिय दलका नेता पञ्चराम गुरुङले नक्कली पत्रकारको बढ्दो संख्याले सक्कली पत्रकार गुमनाम हुनेमा चिन्ता व्यक्त गरे । अहिले सुचना प्रविधिको पहुँच हातहातमा पुगेको कारण सबैजना बोल्न, लेख्न र फोटो खिच्न जान्ने भएको र उनीहरुले पत्रकारको ट्याग लगाएर बसेको समेत उनको भनाई छ । गुरुङले को पत्रकार हो र को पत्रकार होईन भन्ने छुट्याउन नसकिने अवस्था आएको समेत बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, गण्डकी अध्यक्ष रमेश पौडेल, कास्कीका अध्यक्ष माधव प्रसाद बराल, उपाध्यक्ष  कञ्चन थापा कोइराला, गण्डकी प्रदेश सभा सामाजिक विकास तथा कृषि समितिका सभापति दमयन्ती रुचाल, संसदीय पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष विसन क्षेत्रीलगायतले बोलेका थिए । संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष उमा आलेले गरेकी थिईन् ।

सम्बन्धित समाचारः

संसदीय पत्रकार मञ्च गण्डकीमा दोहोरिए भरत कोइराला

संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला

संसदीय पत्रकार मञ्च प्रदेश ४ गठन, अध्यक्षमा शर्मा

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ