गण्डकी प्रदेश प्रमुख भट्टद्वारा दुई विधेयक प्रमाणीकरण

प्रमाणीकरण

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा दुई विधेयक प्रमाणीकरण

bidhyek (1)

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भइआएका दुई वटा अर्थसम्बन्धी विधेयकलाई आज प्रमाणीकरण गरेका छन् ।

‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जानकारी दिए ।

विधेयक प्रमाणीकरण भएपछि प्रदेश सरकारका लागि अब प्रदेश विनियोजन ऐन २०८२ र प्रदेश आर्थिक ऐन २०८२ कार्यान्वयनमा आउनेछ । अब गण्डकी प्रदेश सरकारका लागि आगामी साउन १ गतेदेखि सञ्चित कोषबाट रकम खर्च गर्ने र प्रदेशभित्र राजस्व सङ्कलन गर्नका लागि अधिकार प्रत्यायोजित भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ