स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु

स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु

एक वर्षकै उमेरमा भूकम्पमा आमा गुमाएका थिए

manish giri

नुवाकोटको भद्रुटारका एक बालकको खेतको आलीबाट लडेर ज्यान गएको छ । पन्चकन्या गाउँपालिका- ५ भद्रुटारका बालकको आफ्नै खेतको आलीबाट लडेर ज्यान गएको हो ।

स्थानीय ११ वर्षीय बालक मनिष गिरी घरनजिकैको खेतको आलीबाट लडेर गम्भीर घाइते भएका थिए । उनको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छिमेकी दीपक कार्कीले जानकारी दिए ।

मृतक बालक काठमाडौंको तारकेश्वरस्थित कौशल अंग्रेजी विद्यालयको कक्षा पाँचका विद्यार्थी हुन्। उनी स्कुल विदाको समयमा घर गएका थिए। उनका बाबु उद्धव गिरी वैदेशिक रोजगारीका क्रममा साउदीमा छन्।

आमाको १० वर्ष अगाडि भूकम्पमा परी ज्यान गएको परिवारजनले बताएका छन्। जतिबेला मनिष १ वर्षका मात्रै थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ