गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस लेनदेनको सनसनीपूर्ण अडियो सार्वजनिक भएसँगै राजीनामा दिन बाध्य भए । उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न निर्देशन दिएपछि मंगलबार बिहान राजीनामा दिएका हुन् ।
कास्कीको १३५ रोपनी जग्गा हडप्ने, मालपोत कार्यालय प्रमुखको सरुवा रोक्ने र भूमि आयोगको अध्यक्षमा खुमबहादुर पुनलाई नियुक्त गर्ने डिलमा गुप्ताले ७८ लाख रुपैयाँको बार्गेनिङ गरेको खुलासा भएको छ। पोखराका विचौलिया सुजन लामासँग भएको डिलमा के छ ? सुनौँ ।
मन्त्री गुप्ता : फोन गर न उल्लाई ।
‘अँ फोन गरिरा’छु ।’ (पृष्ठभूमीमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठको स्वर सुनिन्छ ।
विचौलिया सुजन लामाले ‘सर, त्यतातिर राखौं कुर्सी’ भनेको सुनिन्छ । ती व्यक्तिले ‘मन्त्रीज्यू, मैले फोन लगाइदिन्छु । र, तपाई राख्नु ।’
मन्त्री गुप्ता : राख्ने होइन, उल्लाई विहानै दिएर पठाउने ।
मन्त्री गुप्ता : राख्ने होइन, उल्लाई भोलि बिहानै दिएर पठाउने ।
(त्यसपछि फोन लगाएको र फोन गएको टोन सुनिन्छ । त्यसपछि फोन काटिन्छ । अनि कुर्सी लतारेको आवाज सुनिन्छ ।)
मन्त्री गुप्ता : ह्विस्की खाने ?
अडियो रेकर्ड गर्ने विचौलिया लामा : नखाने के मन्त्रीज्यू, मैले कहिल्यै खाँदिन के ।
मन्त्री गुप्ता : कहिल्यै खानुहुन्न ?
(मन्त्रीको कुरा नसकिँदै उनलाई भेट्न गएका व्यक्तिले आफ्नो कुरा राख्छन् ।)
अडियो रेकर्ड गर्ने विचौलिया लामा : सुन्नु न मन्त्रीज्यू, त्यो बलरामलाई भनौं न । बरु, त्यो २० म बुझाइदिउँला के खेमका लागि । भोलि फस्र्ट आवरमै बुझाइदिन्छु त्यो पनि । भन्दिनु त बलरामलाई ।
(अडियो रेकर्ड गर्ने व्यक्ति विचौलिया लामाले नाम लिएका बलराम भूमिसुधार तथा सहकारीमन्त्री बलराम अधिकारी हुन् । उनले मन्त्री गुप्तामार्फत अर्का मन्त्री बलरामलाई काम गराइदिन आग्रह गर्छन् । उनले खेम भनेर संकेत गरेका व्यक्ति पोखराका खेमबहादुर पुन हुन् । उनलाई भूमि आयोगको सदस्य बनाइदिन आग्रह गर्दै विचौलिया लामाले मन्त्रीलाई २०–२० लाख) रुपैयाँ प्रस्ताव गरेका हुन् ।)
‘उसलाई बा’को पनि त प्रेसर होला…’
मन्त्री गुप्ता : बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन ।
विचौलिया लामा: त्यो होइन क्या, आयोगको कुरा गरिरा’को छु के, तपाईसँग ।
मन्त्री गुप्ता : आयोग भन्नाले ?
विचौलिया लामा : खेम पुनका लागि के । २० म बुझाइदिन्छु के । भन्दिनु त बलरामलाई । भन्दिनु त मन्त्रीज्यू ।
(फोन बजेको आवाज सुनिन्छ ।)
मन्त्री गुप्ता : हेल्लो । अँ । अँ । फोनमा बात कि भाषण कर’रहा ?
(मन्त्रीले फोनमा अर्कै व्यक्तिसँग कुरा गरिरहेका बेला त्यो ठाँउमा अर्को महिलाको प्रवेश हुन्छ । उनले अडियो रेकर्ड गरिरहेका व्यक्तिसँग खासखुस कुरा गर्न थाल्छिन् ।)
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ : मलाई टेन्सन छ ।
विचौलिया लामा : तपाईं टेन्सन नलिनु त । भोलि समस्या हल भइहाल्छ ।
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ : छोराको तिथिको बर्थ–डे छ, उसलाई मन्दिर लानु छ । तिथिमा भा’को होइन त, त्यो स्वस्थानी पूर्णिमाको ? त्यसपछि पशुपति जानु छ, त्यहाँबाट ममीकोमा सगुन लिन जानु छ । भोलि २९ गते अन्तिम दिन ।
विचौलिया लामा : भोलि दिनको हुन्छ, शपथग्रहण अनि तपाईं चुप लागेर बस्नुस् त !
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ : तपाईंकै अघि भनिरहेको छु त !
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ: मन्त्रीज्यूले एकपटक भन्दिनुप¥यो के बलरामलाई, भनिस्यो ‘न !
विचौलिया लामा :मेरो एउटा मान्छे पनि नबनाइदिने ?
मन्त्री गुप्ता : त्यो मान्दैन ।
विचौलिया लामा : त्यो मान्दैन रे । (उनी बेसरी हास्छन् ।) तपाईंसँग सयवटा काम पर्छ त्यस (मन्त्री बलराम अधिकारी)को भनेको, तपाईंको एउटा काम नगर्दिएर हुन्छ । त्यसमाथि सबैले प्रेसर दिएको छ उसलाई । बाले समेत भने होलान् उस्तै परे भनेदेखि…. ।
(उनले बा’ भनेर कसलाई संकेत गरेका हुन्, स्पष्ट खुलेको छैन ।)
अहिले १५ छाड्छु, बाँकी १० भोलि बिहान
मन्त्री गुप्ता : यो त पोलिटिकल नियुक्ति हुँदै दिएको । जिल्लाबाट आउनुपर्छ, प्रदेशबाट आउनुपर्छ ।
विचौलिया लामा : दाइ उसको त एकल सिफारिस भ छ के, मन्त्रीज्यू । निर्णय भा’छ प्रदेशबाट यसरी । यता हेर्नु ।
(संवाद गर्दै उनले केही कागजात देखाएका छन् ।)
प्रदेशले निर्णय गरेर पठाएछ नि यसरी । खेमबहादुर पुन भनेर यसरी एकल सिफारिस आएको छ ।
मन्त्री गुप्ता :कहाँबाट, जिल्लाबाट ?
विचौलिया लामा : जिल्लाले प्रदेशलाई भने, प्रदेशले मन्त्रालयलाई पठाउने ।
मन्त्री :समस्या के छ त ?
विचौलिया लामा : अरू–अरू मान्छे खेलिरा’छ नि त त्यहाँ । खगराज खेलिरा’छ नि त ।
(बोलेको केही शब्द बुझिँदैन )
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ: मन्त्रीज्यूले भनेपछि मानिहाल्छ नि ।
मन्त्री गुप्ता : अब अहिले मन्त्रालयमा छ । यहाँ हुन्थ्यो भने आइहाल्थ्यो, तीनपाने रक्सी खान ।
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ: कसले भनेको मान्छ के उसले, मन्त्रीहरूले भनेको नमाने ।
मन्त्री गुप्ता : कहाँ छ कृषिमन्त्री ? भूमिसुधारमन्त्री … ।
(विचौलिया लामा बेसरी हाँसेकाले बोलेको बुझिदैन ।
मन्त्री गुप्ता : उसलाई फोन गर्नुस्, भूमि आयोगको अध्यक्षका लागि, कास्की होइन ?
विचौलिया लामा : कास्की, खेमबहादुर पुन ।
मन्त्री गुप्ता :कास्कीको जिल्ला कमिटीले सिफारिस गरेको छ ।
विचौलिया लामा : प्रदेशले निर्णय गरेर पठाइदिएको छ ।
मन्त्री गुप्ता :प्रदेशले पनि गरेको छ भनेपछि त्यो पक्का हो । त्यही पनि शंका छ गडबड हुन्छ । कति छ, भोलिकै काम ।
विचौलिया लामा : १ बजे शपथग्रहण छ ।
मन्त्री गुप्ता : (फोनमा कुरा गर्न थाल्छन्) अहिले निस्किनु न बाबा, गाडी आइरा’छ मन्त्रालयबाट । भेट हुन्छ, आउनु न म बोत्तल दिन्छु लिएर जानु, खुवाइदिनु, उहाँको ओके गराइदिनु । माल कति लिन्छ अहिले लिइदिने । त्यो नियमले मिल्ने रहेछ, जिल्ला कमिटीले सिफारिस ग¥या छ, प्रदेशले सिफारिस… ।
विचौलिया लामा : जिल्लाले पाँचजनाको ग¥या छ क्या, प्रदेशले चाहिँ त्यहाँमध्ये छानेर एउटा मात्र पठाइदिएको छ ।
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ : डिलकै गरौँ ? (उनले अडियो रेकर्ड गर्ने व्यक्तिसँग कुरा गरेकी हुन् ।)
विचौलिया लामा : भन्नु न, डिल गरौँ भन्नु त ।
विचौलिया लामा : मन्त्रीज्यू, यसो गर्छुु सुन्नुस् । मैले अहिले १५ छोड्छु, १० चाहिँ बिहान ल्याएर दिन्छु, त्यो अदालतको । (केही बेर रोकिएर) यसो हो … अदालतको भनेको… पर्सि उहाँले सामान्यबाटै गर्दिनुहुन्छ ।
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ : मन्त्रीज्यूका हातमा दिउँ ?
विचौलिया लामा : मन्त्रीज्यूले एस र नो भन्दा आउँछ रे, उहाँहरूलाई केही आउँदैन ।
‘पोखराको जग्गाले हेरिरहेको छ’
विचौलिया लामा : पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरेर बसिरहेको छ मन्त्रीज्यू । अनि हामी यहाँ यसरी हेरेर बसेर हुन्छ ?
मन्त्री गुप्ता : अनि १५ महिनामा के हेरिरा’छ त ?
विचौलिया लामा :गरेछ त अलिअलि काम त । त्यत्तिकै पछुतो लागेन होला नि त मन्त्रीज्यू, लिएर आउनुस् त त्यो ।
मन्त्री गुप्ता : १५ महिना के गरिरा यिनीहरूले ?
विचौलिया लामा १५ गरौँ, १५ गरिदिन्छ रे । (फेरि उनी निस्फिक्री हाँस्छन् ।)
(पोखराको १३५ रोपनी जग्गा छुट दर्ताका क्रममा व्यक्तिको नाममा दर्ता गर्न प्रयास भइरहेको छ । त्यसक्रममा जिल्ला मालपोत कार्यालय कास्कीमा आफूले भनेको मानिसलाई यथावत राख्ने अडियो रेकर्ड गर्ने व्यक्तिले आग्रह गरिरहेको हुन्छन् । १५ महिनासम्म पनि कुनै काम नभएको भनेर मन्त्रीले आफूलाई भेट्न आउने मानिसलाई प्रश्न उठाएका हुन् । मन्त्रीले केही खानेकुराको प्रस्ताव गर्दा ती व्यक्तिले काम बनेपछि पोखरा माझीकुनामा माछा खाने प्रस्ताव राख्छन् )
‘अब माझीकुनामा माछा खाने’
विचौलिया लामा (पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग) : नकराउनु न तपाईं, …..भोलि गर्दिन्छ क्या … मलाई पोखरा २५ मै … ।
(उनीहरु अस्पष्ट रुपमा खासखुस गर्छन ।)
विचौलिया लामा : म्याडमले मलाई के भन्या छ थाहा छ ? घरै नआइज तँ अरे ।
मन्त्री गुप्ता : के खानुहुन्छ त ?
विचौलिया लामा :केही नखाने हो मन्त्रीज्यू, तपाईंको त्यत्रो चिया खाएको देख्नुभएन ?
मन्त्री गुप्ता : माछा खानुहुन्छ ?
विचौलिया लामा : माछा–मछली केही नखाने, अब माझीकुनामा माछा खान जाने हो तपाईंले काम गरेपछि ।
(त्यसपछि अडियो रेकर्ड गर्ने व्यक्ति त्यहाँबाट निस्किएजस्तो सुनिन्छ । केहीबेरमा संक्षिप्त कुराकानी गरेपछि ९ मिनेट १३ सेकेण्ड लामो अडियो टुंगिन्छ ।)
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’