नेकपा (एमाले) की राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्।
तनहुँकी न्यौपानेको राष्ट्रिय सभा सदस्य पद ६ वर्षे कार्यकाल पुरा गरेर आगामी फागुनमा सकिँदैछ ।
हाल राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतक रहेकी न्यौपाने २०७४ को स्थानीय निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित बनेकी थिइन् ।
उनी त्यसवेला ९ हजार ६४ मत पाएपनि कांग्रेसका उदयराज गौलीसँग पराजित भएकी थिइन् । विजयी गौलीले ९ हजार ५३८ मत प्राप्त गरेका थिए । २०७६ मा भने उनी राष्ट्रियसभामा निर्वाचित भएकी थिइन्।
गण्डकी प्रदेशका प्रभावशाली नेताहरू पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीबिच भेटवार्ता भएपछि न्यौपानेको नाम मन्त्रीका लागि सिफारिस गरिएको बुझिएको छ ।
एमालेकै प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए। गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए। ७८ लाख रुपैयाँ घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए।
रिक्त स्थानमा प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई मन्त्री नियुक्त गरिएको हो।
‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राष्ट्रपतिज्यूले तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ