लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने दुईजना चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रुपमा पुतलीबजार नगरपालिका वडा नं. १ प्रगतिनगर र वडा नं. ४ नागडाँडास्थित सिद्धार्थ राजमार्गमा चेकिङको क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले “ला.प.से. चेकिङ अभियान” अन्तर्गत गरिएको चेकजाँचमा लापसे गरी सवारीसाधन चलाउनेलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
निजी तथा सार्वजनिक सवारीसाधन चालकलाई लापसे गरे/नगरेको चेकजाँच गर्दा दुईजना चालकले लापसे (गाँजा सेवन) गरी सवारीसाधन चलाएको पाइएकोले नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताए ।
पक्राउ पर्नेमा स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नं. -५ का २३ वर्षीय बोलेरो जीप चालक गोविन्द बहादुर सुनार र आँधीखोला गाउँपालिका वडा नं. -६ का २६ वर्षीय ट्याक्टर चालक विशाल दर्जी रहेको प्रवक्ता चौधरीले बताए ।
प्रवक्ता चौधरीले लापसे गरी सवारीसाधन चलाउने चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडी बढाइएको बताए ।
यसअघि पनि पटकपटक प्रहरीले लापसे गरी सवारीसाधन चलाउने चालकहरुलाई पक्राउ गरी कारबाही गर्दैआएको छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला