नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीमा फर्कन मिल्छ कि मिल्दैन भनेर पार्टीले निर्णय लिने बताएका छन्।
पत्रकार विजयकुमार पाण्डेसँग ‘दिशानिर्देश’ मा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीले पार्टी राजनीतिमा फर्कने विषयमा आफूसँग सल्लाह पनि नगरेको बताए।
‘यसमा उहाँले अरूसँग मलाई थाहा छैन, मसँग सरसल्लाह गर्नुभएन र पार्टीमा आधिकारिक ढंगले सरसल्लाह गर्नुभएन, कुनै मौखिक वा लिखित पार्टीमा केही गर्नु भएन,’ पूर्वराष्ट्रपति भण्डारीलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने।
पूर्वराष्ट्रपति भण्डारीले हालै एमालेको सदस्यता नवीकरण गरेकी थिइन्। यसबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘यसमा पार्टीले बसेर निर्णय गर्नुपर्छ। किनभने हामीले उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन। हामीले पठाएको हो, राष्ट्रपति उम्मेदवार हुने भनेपछि पार्टी छाडेर जानुभयो, त्यसअघि हाम्रो उपाध्यक्ष नै हो।’
पत्रकार पाण्डेले प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति राजनीतिमा आएकोबारेमा पार्टीले संस्थागत निर्णय गर्छ कि गर्दैन भनेर पनि सोधेका छन्। जबाफमा प्रधानमन्त्री ओलीले, ‘निर्णय त गर्नैपर्छ, उहाँले प्रश्न उठाइसकेपछि र म आउँछु भनेपछि उहाँले नैतिक रूपमा आउन हुन्छ कि हुँदैन। गणतन्त्र, समाज, राजनीति, व्यवस्था र उहाँकै जीवनमा के असर पर्छ यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्छ सुझाव वा उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै।’
उनले यस्तो निर्णय सल्लाह गरेर छिट्टै गरिने पनि बताएका छन्। ‘उहाँले आफैले विचार गर्नुपर्छ जस्तो लाग्छ, खै के बोलिराख्नु भएको छ मैले त बाहिर..’ उनले भने, ‘उहाँले आउँछु भनेर सार्वजनिक रूपमा बोलेका कुरा हामीले जानकारीमा पाएका छौं, ती के हुन् उहाँसँग हामीले सोध्नुपर्छ। हामी निर्णय लिन धेरै ढिलो त गर्दैनौं।’
अहिले भइरहेका गतिविधि एमाले अध्यक्ष भण्डारीलाई हस्तान्तरण गर्ने सुविचारित कुरा त होइन भनेर कतिपयले भन्ने गरेको प्रसंगमा जबाफ दिएका प्रधानमन्त्री ओलीले हाँस्दै भने, ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन। किनभने एक त उहाँ राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले ठानेको र मानेको अवस्था नै छैन। दोस्रो, पार्टी काम छाडेर उहाँ धेरै वर्ष नै बाहिर जानुभएको छ, नेतृत्वमा बसेर काम गरेको अनुभव छैन।’
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ