काठमाडौं । नेपालमा टेलिग्राम एप बन्द भएको छ । टेलिग्राममार्फत अनलाइन ठगी भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम बन्द गराएको हो ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै टेलिग्राम एपकाे पहुँचमा तत्काल राेक लगाउने बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएकाे छ ।
नेपालमा सञ्चालनमा रहेकाे टेलिग्राम एप मार्फत अनलाइन ठगीकाे संख्या बढिरहेकाे र मनी लाउण्डरिङ्ग जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेकाे प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहको बुझिन आएको उक्त टेलिग्राम एपको पहुँचमा रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसंचार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारण सम्बन्धी राष्ट्रिय समन्वय समितिले टेलिग्रामलाई बन्द गराउन प्रक्रिया अघि बढाएको थियो ।
२०८१ को भदौमा टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डयु्रोभ आफैं फ्रान्समा पक्राउ परेका थिए । त्यसबेला उनीमाथि टेलिग्राममार्फत अवैध लेनदेन, लागूऔषध तस्करी, ठगी र बालबालिकामाथि यौन दुर्व्यवहारसँग सम्बन्धित तस्वीरहरू प्रसारमा संलग्नताको आरोप लगाइएको थियो । फ्रान्सले उनलाई त्यसबेला जमानतमा छाडे पनि पावेलको गिरफ्तारीले संसारभरि नै यो एपको नियमनबारे बहस सिर्जना गराइदिएको थियो ।
टेलिग्रामका संस्थापक पक्राउ परेका बेला कतिपयले यसलाई सामाजिक सञ्जालको नाममा भएको ‘डार्क वेब’ समेत भनेका थिए । ‘डार्कवेब’ इन्टरनेटको संसारमा यस्तो प्लेटफर्म हो, जहाँ निश्चित सफ्टवेयरको प्रयोगबाट मात्र पहुँच गर्न सकिन्छ । त्यसमार्फत गैरकानुनी सामान र सेवाहरू बिक्री गरिन्छ, र प्रयोगकर्ताको कुनै पनि किमिसको रेकर्ड रहँदैन ।
डिजिटल दुनियाँमा यसलाई अपराधीहरूको स्वर्ग पनि भनिन्छ । यसमा भएका केही विशेषताहरूका कारण टेलिग्रामसमेत ‘हरेक व्यक्तिको गोजीमा भएको डार्कवेव’ जस्तो बनेको विश्लेषण गरिएको थियो ।
नेपालमा पनि २०८१ पुसमा एफवान सफ्टको प्रणाली ह्याक गरेर सिटिन्स बैंकको खाताबाट साढे ३ करोड रुपैयाँ चोरी भएको घटनामा टेलिग्राम जोडिएको थियो । त्यसबेला ह्याकरले टेलिग्राममार्फत बेरोजगार युवालाई प्रलोभन देखाएर रकम चोरी गरेको खुलेको थियो । लागूऔषध कारोबारमा समेत यसको प्रयोग हुने गरेको आशंका छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’