काठमाडौं । नेपालमा टेलिग्राम एप बन्द भएको छ । टेलिग्राममार्फत अनलाइन ठगी भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम बन्द गराएको हो ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै टेलिग्राम एपकाे पहुँचमा तत्काल राेक लगाउने बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएकाे छ ।
नेपालमा सञ्चालनमा रहेकाे टेलिग्राम एप मार्फत अनलाइन ठगीकाे संख्या बढिरहेकाे र मनी लाउण्डरिङ्ग जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेकाे प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहको बुझिन आएको उक्त टेलिग्राम एपको पहुँचमा रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसंचार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारण सम्बन्धी राष्ट्रिय समन्वय समितिले टेलिग्रामलाई बन्द गराउन प्रक्रिया अघि बढाएको थियो ।
२०८१ को भदौमा टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डयु्रोभ आफैं फ्रान्समा पक्राउ परेका थिए । त्यसबेला उनीमाथि टेलिग्राममार्फत अवैध लेनदेन, लागूऔषध तस्करी, ठगी र बालबालिकामाथि यौन दुर्व्यवहारसँग सम्बन्धित तस्वीरहरू प्रसारमा संलग्नताको आरोप लगाइएको थियो । फ्रान्सले उनलाई त्यसबेला जमानतमा छाडे पनि पावेलको गिरफ्तारीले संसारभरि नै यो एपको नियमनबारे बहस सिर्जना गराइदिएको थियो ।
टेलिग्रामका संस्थापक पक्राउ परेका बेला कतिपयले यसलाई सामाजिक सञ्जालको नाममा भएको ‘डार्क वेब’ समेत भनेका थिए । ‘डार्कवेब’ इन्टरनेटको संसारमा यस्तो प्लेटफर्म हो, जहाँ निश्चित सफ्टवेयरको प्रयोगबाट मात्र पहुँच गर्न सकिन्छ । त्यसमार्फत गैरकानुनी सामान र सेवाहरू बिक्री गरिन्छ, र प्रयोगकर्ताको कुनै पनि किमिसको रेकर्ड रहँदैन ।
डिजिटल दुनियाँमा यसलाई अपराधीहरूको स्वर्ग पनि भनिन्छ । यसमा भएका केही विशेषताहरूका कारण टेलिग्रामसमेत ‘हरेक व्यक्तिको गोजीमा भएको डार्कवेव’ जस्तो बनेको विश्लेषण गरिएको थियो ।
नेपालमा पनि २०८१ पुसमा एफवान सफ्टको प्रणाली ह्याक गरेर सिटिन्स बैंकको खाताबाट साढे ३ करोड रुपैयाँ चोरी भएको घटनामा टेलिग्राम जोडिएको थियो । त्यसबेला ह्याकरले टेलिग्राममार्फत बेरोजगार युवालाई प्रलोभन देखाएर रकम चोरी गरेको खुलेको थियो । लागूऔषध कारोबारमा समेत यसको प्रयोग हुने गरेको आशंका छ ।
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो