लमजुङ सदरमुकाम बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि कारागारमा रहेका सबै कैदी र थुनुवालाई छिमेकी जिल्ला तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागार पठाइएको छ।
कारागार कार्यालय बेंसीसहर, लमजुङमा ६ महिलासहित १०८ जना कैदी र थुनुवा थिए। एक जना थुनामा पठाउनुपर्ने पुरुष जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका छन्। उनीसहित १०९ जना कैदी र थुनुवालाई स्थानान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ।
कारागारको पश्चिमतिर रहेको कैदी र थुनुवा प्रवेश गर्ने एक मात्र ढोका (गेट) नजिकैको पर्खाल वर्षाका कारण बुधबार भत्किएको थियो। गेटसमेत भत्किने अवस्थामा पुगेपछि असुरक्षा महसुस गर्दै शनिबार कैदी र थुनुवालाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए।
कारागार प्रशासक बेनीबहादुर मोक्तानका अनुसार कारागार कार्यालय तनहुँ, दमौलीमा ३१ जना र कारागार कार्यालय कास्की, पोखरामा ७८ जना कैदी र थुनुवा पठाइएको हो। तीमध्ये ६ जना महिला दमौली पठाइएको जनाइएको छ। दमौली र पोखरा पठाइएकामध्ये कैदी ५ जना महिला र ५२ जना पुरुष छन् भने थुनुवा १ जना महिला र ५१ जना पुरुष रहेका छन् ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला