मुग्लिनमा गुडिरहेको भारतीय कारमाथि ढुंगा खस्दा तीन जना घाइते

दुर्घटना

मुग्लिनमा गुडिरहेको भारतीय कारमाथि ढुंगा खस्दा तीन जना घाइते

car-accident-mugling

पोखरा । मुग्लिन-नारायणगढ सडक खण्डको तुइन भन्ने स्थानमा भारतीय कारमाथि ढुंगा खसेको छ ।

आइतबार दिउँसो साढे २ बजे आसपासको समयमा पहराबाट खसेको ढुंगो कारमा बजारिएको हो ।

सडकमा गुडिरहेको बेला भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी२९२८ नम्बरको सेतो रंगको कारमा ढुंगो खसेको हो ।

ठूलो आकारको ढुंगो बजारिँदा कार क्षतिग्रस्त भएको छ भने पछाडि बसेका तीनजना गम्भीर घाइते भएका छन् ।

उक्त कारमा पाँचजना सवार रहेको खुलेको छ। जसमा पछाडि बसेका तीनजनाको सिटमै ढुंगो बज्रिएको थियो ।

पहराबाट आएको ढुंगो कारको सनरुफ भत्काउँदै सिटमा रहेका यात्रुमाथि लागेको हो । उक्त ढुंगाले लागेर घाइतेहरूलाई तत्कालै अस्पताल लगिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ