मधेशका पूर्व प्रदेश प्रमुख राजेश झा (अहिराज) पक्राउ

पक्राउ

मधेशका पूर्व प्रदेश प्रमुख राजेश झा (अहिराज) पक्राउ

rajesh ahiraj

काठमाडौँ — मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । अहिराज यौन दुर्व्यवहार कसुरमा आइतबार पक्राउ परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहराले जानकारी दिए ।

उनका अनुसार अहिराजमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको छ ।

झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।

मधेश प्रदेश प्रमुख हुनुअघिसम्म उनी मधेशवाणी साप्ताहिक पत्रिका प्रकाशन लगायतका संचार उद्दममा जोडिएका थिए ।

तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई मधेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो । कार्यकालको करिब ६ महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds