सबैभन्दा बढी पानी कास्कीको लुम्लेमा, २४ घण्टामा २१५.८ मिलिमिटर वर्षा

सबैभन्दा बढी पानी कास्कीको लुम्लेमा, २४ घण्टामा २१५.८ मिलिमिटर वर्षा

lumle

काठमाडौँ — गएको २४ घण्टामा सबैभन्दा बढी पानी कास्कीको लुम्लेमा (२१५.८ मिलिमिटर) परेको छ । अहिले पनि मधेशबाहेक सबै प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार त्रिवेणी, धनकुटामा १९५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै माईपोखरीमा १८१.२ मिलिमिटर र मछुवाघाटमा १७३.२ मिलिमिटर वर्षा भएको छ ।

एक दिनमै १ सयदेखि २ सय मिलिमिटर पानी पर्दा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ । त्यस्तै २४ घण्टाको अवधिमा २ सय मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई अतिभारी वर्षा भनिन्छ । त्यसैगरी ५० मिलिमिटरदेखि १ सय मिलिमिटरसम्मलाई सामान्य, १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मलाई मध्यम र १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षाका रूपमा वर्गीकरण गरिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ