मापसे गरेर खुँडा देखाउँदै ताण्डव मच्चाउने तनहुँका रास्वपा नेता लौडारी प्रहरी हिरासतमा

पक्राउ

मापसे गरेर खुँडा देखाउँदै ताण्डव मच्चाउने तनहुँका रास्वपा नेता लौडारी प्रहरी हिरासतमा

रवि लामिछानेको पक्राउविरुद्ध हस्ताक्षर संकलनका लागि लौडारी तनहुँ आएका थिए

Laudari

दमौली । धारिलो हतियार खुँडा देखाएर आतंक मच्चाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका नेता प्रकाश लौडारीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ।

लौडारीले खुँडा देखाएर शान्ति सुरक्षामा खलल पारेकाले साउन ३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भित्री बस्त्र मात्र लगाएर अर्धनग्न बनेका लौडारीले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै चन्द्रावती बजार डुलेको भिडियो सार्वजनिक भएको थियो ।

सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार भानु नगरपालिका–१३ चन्द्रावती निवासी लौडारीले स्थानीय भानु–१२ निवासी बलराम अधिकारी र भानु–१३ निवासी अशोक अधिकारीलाई धम्की दिएका थिए ।

अभद्र व्यवहार मुद्धामा ५ दिन म्याद थपेर अनुसन्धान कार्य जारी रहेको डिएसपी थापाले गण्डकन्यूजलाई जानकारी दिए ।

लौडारीले बलराम र अशोकको घरमै पुगेर खुँडा देखाएर मार्छु भन्दै आतंक मच्चाएका थिए। उनीहरु राति ढोका लगाएर घरभित्र पसेकोले बाच्न सफल भएको दाबी गरेका छन् ।

उनले खुँडाले अधिकारीका घरमा झटारो हानेका थिए। स्थानीयले प्रहरीलाई खबर गरेपछि लौडारी भागेका थिए। खुँ

लौडारी हाल काठमाडौंमा बस्दै आएका छन्। रवि लामिछानेको पक्राउविरुद्ध हस्ताक्षर संकलनका लागि लौडारी आफ्नो जन्म गाउँ आएका थिए । उनको सामाजिक सञ्जालमा सक्रियता हेर्दा लामो समयदेखि रास्वपामा सक्रिय रहेको देखिन्छ । हस्ताक्षर अभियानको पोष्टहरु पनि उनले फेसबुकमा गर्दै आएका छन् ।

लौडारीलाई भानु नगरपालिका–२ नारेश्वाटार स्थित इलाका प्रहरी कार्यालय, भानुले नियन्त्रण लिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ