प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना फेसन बनेको बताएका छन्।
बुधबार प्रतिनिधि सभामा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले गरेको प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारलाई लाञ्छना नलगाई नहुने केही मानिसहरूको बानी नै हुने बताए।
‘कहिले पशुपतिमा पित्तल चढायो भनेर हल्ला गर्छन्। कहिले अहिले पनि छानबिन होस् भनेर कराउँछन्। त्यस्ता कुराहरूपट्टि धेरै वास्ता गर्दिनँ। चित्त पनि दुखाउँदिन। ह्याबिटका कुरा भयो मान्छेको। ह्याबिटको कुरामा म धेरै गइरहन्न,’ उनले भने।
प्रधानमन्त्री ओलीले हल्ला चलेकै भरमा कोहीमाथि कारबाही नहुने बताए। ‘हल्ला केही चल्यो, केही बोल्यो, कहिँ कतै छपायो, अथवा फेसबुकमा स्टाटस लेख्यो त्यसैका आधारमा कारबाही हुँदैन भन्ने सबैलाई थाहा हुनुपर्छ,’ उनले भने।
तथ्यका आधारमा भने बेथिति देखिन नहुने प्रधानमन्त्री ओलीले बताए। गम्भीर आशंका भएको ठाउँमा भने आफूले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति लिनै पर्ने बताए।
‘गम्भीर आशंका हुने खालका वा गम्भीर प्रश्न उठेका खण्डमा असहिष्णुताको नीति लिनै पर्छ। अथवा भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति लिनै पर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने राष्ट्रिय सङ्कल्पप्रति हामी सबै दृढ र प्रतिबद्ध छौँ । यद्यपि केही मान्छेहरूको फेसन हुने गर्छ– प्रधानमन्त्रीलाई अलिकति लाञ्छना नलगाई नहुने । तिनीहरू कहिले पशुपतिमा पित्तल चलायो भनेर हल्ला गर्छन् । अहिले पनि छानबिन होस् भनेर कराउँछन् । त्यस्ता कुराहरूमा म वास्ता पनि गर्दिनँ, चित्त पनि दुखाउँदिनँ । कसैको व्यवहारको कुरामा म धेरै गइरहन चाहन्नँ । तीनै तहको सरकारमा रहेका कुनै पनि व्यक्तिहरू कानूनको दायराभन्दा बाहिर छैनन् । कहीँ कतै आर्थिक विचलन र अनुचित व्यवहार देखिएमा कानून बमोजिम कारबाही भइरहेको छ र हुनेछ ।’
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु