३६ वर्ष भइसक्यो छोड्दैन भन्छन्, छाड्दिऊँ झैं पनि लाग्छ तर झन् बर्बाद हुन्छ भन्ने डर लाग्छ’: प्रचण्ड

राजनीति

३६ वर्ष भइसक्यो छोड्दैन भन्छन्, छाड्दिऊँ झैं पनि लाग्छ तर झन् बर्बाद हुन्छ भन्ने डर लाग्छ’: प्रचण्ड

जनार्दन शर्मालाई पार्टीमा सिँगौरी खेल्न दिएकै छु

pkd-dahal

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपमहासचिव जनार्दन शर्मालाई आफूले पार्टीमा प्रशस्त सिँगौरी खेल्न दिएको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो उदारतालाई कमजोरी नठान्न चेतावनी दिए ।

हिजो उपमहासचिव शर्माले एक कार्यक्रममा बोल्दै माओवादीलाई नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउन लागेको भन्दै पार्टी पुनर्गठनको विकल्प नभएको बताएका थिए । उनले पार्टीमा निरङ्कूशता र व्यक्तिवादी हाबी भएको दाबी गरेका थिए ।

प्रचण्डको जवाफ थियो, ‘धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन्, प्रचण्डबाहेक, म यसो सोध्छु राति सुत्ने बेला सोच्छु, एकमनले सोच्छु अब छाड्दिऊँ कि के हो बेकार, भन्या जस्तो लाग्छ । फेरि एक मनले विचार गर्‍यो मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि भन्ने डर लाग्छ ।’

उनले भिन्न मतलाई दमन गर्ने आफ्नो कमजोरी नभएको भन्दै उदार हुनु कमजोरी भएको बताए ।

‘मलाई पार्टीभित्र बढी आलोचना हुने विषय पनि त्यही हो । मैले कसैलाई कारबाही गरिनँ, बाबुराम, किरण, बादल अरू थुप्रै मैले कसैलाई पार्टीबाट निकालेको छैन । तर, कतिपयलाई ननिकाले पनि के गर्ने बस्ने ठाउँ नै नदिएपछि भन्ने लाग्छ, त्यो पनि सत्य होइन । मैले पर्याप्त छलफलका वातावरण दिने गरेको छु’ दाहालले भने, ‘अहिले केही केही साथीले सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ, मैले प्रशस्त सिँगौरी खेल्न दिएको छु । कति सिँगौरी खेल्न मन छ खेल्नुस्, अस्ति डेढ महिना परामर्श बैठक भन्दै सँगै लिएर हिँडे । त्यो भन्दा बढी के हो जनवाद ?’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ