अदालतबाट फैसला भइसकेका तर कैद तथा जरिवाना तिर्न बाँकी रहेका फरार कसूरदारहरूलाई पक्राउ गर्ने उद्देश्यले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको विशेष अपरेशन टोलीले साउन ८ गते ठूलो सफलता हासिल गरेको छ । टोलीले फरक-फरक मितिमा अदालतबाट फैसला भएका ११ जना फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
सुरक्षित र न्यायपूर्ण समाज निर्माण गर्न तथा न्यायिक कारवाहीलाई प्रभावकारी बनाउन गरिएको उक्त अपरेशन अन्तर्गत पक्राउ परेका अभियुक्तहरूविरुद्ध चोरी, कुटपिट, लागू औषध, लेनदेन, सार्वजनिक अपराध, चेक अनादर जस्ता मुद्दाहरूमा कैद सजाय तथा नगद जरिवाना तोकिएको थियो ।
पक्राउ परेकाहरु मध्ये वालिङ् नगरपालिका -८ का किशोर कोईरालालाई चेक अनादर मुद्दामा तीन हजार रुपैयाँ जरिवाना, वालिङ् -१३ का रमेश परियार उर्फ रेशमलाई सार्वजनिक अपराध मुद्दामा दुई हजार रुपैयाँ, कुटपिट तथा लुटपाट मुद्दामा वालिङ् -५ का शान्ती वि.क. र माया वि.क.लाई जनही ५२२.७७ रुपैयाँ जरिवाना तोकिएको थियो ।
यस्तै, लेनदेन मुद्दामा वालिङ -१ की लिलादेवी काफ्लेलाई ७१३.१३ रुपैयाँ, पकवादी गाविस -६ का मीन बहादुर थापा मगरलाई लागू औषध मुद्दामा दुई हजार, आलमदेवी छापडाँडाका ओम बहादुर थापा मगरलाई सवारी ज्यान मुद्दामा दुई हजार पचास रुपैयाँ जरिवाना तोकिएको थियो ।
नकवजनी चोरी मुद्दामा भीरकोट नगरपालिका -२ का मित्र बहादुर दर्जीलाई ७१ हजार १९७.५० रुपैयाँ जरिवाना, भीरकोट -७ का धन बहादुर खवासलाई चोरी मुद्दामा ३ वर्ष कैद, चोरी तथा अन्य मुद्दामा भीरकोट -७ का हरी बहादुर कोइरालालाई ४ वर्ष कैद, एक हजार ८८७.८७ रुपैयाँ जरिवाना र मुद्दा खुल्न बाँकी भीरकोटकै उम्मर अलि मियालाई एक महिना, पाँच सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
पक्राउ परेका कसूरदारहरूलाई अदालतमा उपस्थित गराई कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका, सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । उनीहरुबाट कुल ७ वर्ष १ महिना कैद र ८४ हजार ३९४.०४ रुपैयाँ जरिवाना असुल गरिनेछ ।
सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा कानुन कार्यान्वयनको सन्देश फैलाउने उद्देश्यले गरिएको यस अपरेशनबारे सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिएका हुन् । प्रहरीले यस्ता अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता समेत जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु