पोखरा । वडा प्रहरी कार्यालय बैदाम, पोखराका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टराईले ध्वनी प्रदूषण गर्ने सवारीसाधनलाई नियन्त्रण गर्ने चेतावनी दिएका छन् ।
गत ५ साउनमा सरुवा भई आएका भट्टराईले स्वरुप परिवर्तन गरेका र ध्वनी प्रदूषण गर्ने मोटरसाइकललाई तत्काल कारबाही गर्न प्रहरी परिचालन गरिएसकेको बताए ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले आयोजना गरेको स्वागत कार्यक्रममा उनले शान्तिसुरक्षा सबैको सरोकारको विषय रहेको बताए । उनले लेकसाइ८मा मोटरसाइकलले ध्वनी प्रदुषण गरेको गुनासो सुनेपछि आफूले ध्वनी प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणका लागि प्रहरी खटाइसकेको जानकारी दिए । उनले पोखरालाई सभ्य र सुरक्षित बनाउन सबैको साथ लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
सामुदायिक सेव केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुरप्रसाद बरालले बैदाममा हुने गरेका अवान्छित क्रियाकलापलाई रोक्न भट्टराईको ध्यानाकर्षण गराएका थिए ।
बरालले रात्रीकालिन व्यवसायका कारण होहल्ला हुने गरेका कारण स्थानीयहरु प्रभावित भएको बताए । उनले लेकसाइडको हल्लनचोक देखी बाराहीघाटसम्म पार्किङको समस्या रहेको, फेवाताल किनारको फुट ट्रेल लागु पदार्थ दुव्र्यसनीको अखडा बनेकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।
कार्यक्रममा सामुदायिक सेव केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पूर्वअध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, पूर्वअध्यक्ष मीना भट्टराई लगायतले दण्डहिनता मौलाउदा शान्तिसुरक्षा खलबलिने भएकाले प्रहरी सचेत हुनुपर्ने धारणा राखे । स्वागत कार्यक्रममा संस्थाका उपाध्यक्ष सोभियत परियार र महासचिव शान्ता तिमिल्सिना, समाजसेवी नवीन बराल लगायतले लेकसाइड पर्यटकीय क्षेत्र भएकाले शान्तिसुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । उनीहरुले कास्कीका अन्य क्षेत्रभन्दा लेकसाइडलाई प्राथमिकतामा राखेर हेर्नुपर्ने सुझाव दिए ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’