वागमती प्रदेशका चार जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।
शुक्रबार वागमतीका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
उनीहरु चारैजना कांग्रेसबाट मन्त्री बनेका हुन् ।
यससँगै मुख्यमन्त्री बन्न इन्द्रबहादुर बानियाँलाई बाटो खुला भएको छ। बागमती प्रदेश सभामा रहेका कांग्रेसका ३७ सांसदमध्ये २४ जनाले बागमती संसदीय दलको नेता चयनको लागि चुनाव गर्न हस्ताक्षर बुझाएका छन्। यसैका लागि सरकारमा रहेका ४ मन्त्रीरूले समेत मन्त्री पदबाट राजीनामा दिएका हुन्।
अन्य २० सांसद र ४ मन्त्री गरी २४ सांसदहरूले दलको नेताको चुनाव गरेर नयाँ मुख्यमन्त्री चयन गर्न दबाब स्वरुप हस्ताक्षर बुझाएका हुन्। मुख्यमन्त्री लामाले प्रदेश सरकारको नेतृत्व गरेको आज एक वर्ष पूरा भएकै दिन कांग्रेस सांसदहरूले मुख्यमन्त्री फेर्ने प्रक्रियाअघि बढाएका हुन्। ९ साउन २०८१ मा लामाले मुख्यमन्त्री पदको सपथ खाएका थिए।
उनी तत्कालीन अवस्थामा मुख्यमन्त्री बन्दा मकवानपुरका सांसद इन्द्रबहादुर बानियाँलाई वर्ष दिनपछि पद छोड्नुपर्ने लिखित सहमति भएको बताइएको छ। इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउन आफूहरूले मन्त्री पदबाट राजीनामा दिएको बताउँदै मन्त्री मधुकुमार श्रेष्ठले अबको केहीबेरमा मुख्यमन्त्री लामालाई अविश्वासको प्रस्ताव दर्ता गराउन मुख्यमन्त्री कार्यालय जान लागेको जानकारी दिए।
१४ वटा मन्त्रालय रहेको बागमतीमा मुख्यमन्त्री लामा सहित ८ जना सरकारमा सहभागी थिए। यी ४ जना बाहेक सामाजिक विकास मन्त्री हरिप्रभा खड्की, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, खानेपानी तथा उर्जा सिंचाइँ मन्त्री श्याम खड्काले भने राजीनामा दिएका छैनन्। अहिले आफूहरू मौन बसेको उनीहरूको भनाइ छ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’