पोखरा १२ मा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउँदा निःशुल्क स्वास्थ्य परीक्षण सुविधा

पोखरा १२ मा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउँदा निःशुल्क स्वास्थ्य परीक्षण सुविधा

pkr 12 bhatta

पोखरा महानगरपालिका वडा नम्बर १२ कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको छ ।

वडाध्यक्ष सन्तोष बास्तोलाले ज्येष्ठ नागरिकको सहुलियतका लागि प्रेसर र सुगर परीक्षण सेवा निःशुल्क रूपमा प्रदान गरिरहेको बताए ।

कार्यक्रमको उद्देश्य ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न सहयोग गर्नु र समयमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको उनको भनाइ छ । उनले भत्ता नवीकरणजस्ता सेवा लिन आउँदा साथमा स्वास्थ्य परीक्षण सेवा पनि पाइने भए पछि वडाबासी खुसी भएको बताए ।

वडा कार्यालय परिसरमा संचालित परीक्षण सेवामा हालसम्म सयौँ ज्येष्ठ नागरिकले लाभ लिइसकेको वडासचिव शारदा सापकोटाले बताइन् । उनका अनुसार स्वास्थ्य स्वयंसेविका एवंम स्वास्थ्यकर्मीहरूको समन्वयमा जारी सेवा साउन महिनाभरि भत्ता नवीकरण कार्यक्रमसँगै जारी रहनेछ ।

यस किसिमका साना, तर प्रभावकारी कार्यक्रमले समुदायमा जनस्वास्थ्यप्रति चेतना बढाउने स्वास्थ्य स्वयंसेविका संयोजक इन्दिरा पन्तले बताइन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ