रास्वपालाई लक्षित गरी कांग्रेसले भन्यो, ‘भिजिट भिसाबाटै आएर उपप्रधानमन्त्रीसम्म बने, धेरै चिन्ता गर्नुपर्दैन’

राजनीति

रास्वपालाई लक्षित गरी कांग्रेसले भन्यो, ‘भिजिट भिसाबाटै आएर उपप्रधानमन्त्रीसम्म बने, धेरै चिन्ता गर्नुपर्दैन’

shyam ghimire

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसामा विदेश गएर त्यहीँको नागरिकता लिएर बसेको मानिस नेपाल आएर उपप्रधानमन्त्रीसम्म बनेको भन्दै रास्वपालाई भिजिट भिसाप्रति धेरै चिन्तित नहुन आग्रह गरेका छन् ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै घिमिरेले दुई महिनादेखि भिजिट भिसाको नाममा संसद् अवरोध गर्दै आएको रास्वपा र रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै भिजिट भिसाकै कारण अहिलेको उपलब्धि प्राप्त गर्नेहरूले धेरै चिन्ता गर्न नसुहाउने बताएका हुन् ।

उनले भने, ‘संसद्मा झन्डै दुई महिनादेखि केही साथीहरूले धेरै चिन्ता व्यक्त गरिरहनुभएको छ । धेरै चिन्ता गर्न आवश्यक छैन । हामीले एउटा अभ्यास गरिसकेका छौँ । भिजिट भिसामा यहाँबाट बाहिर जाने, त्यहीँको नागरिकता लिने, त्यहीँ घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने, दुई चार वटा अरू काण्ड पनि मच्चाउने, पार्टी खोल्ने त्यसपछि गृहमन्त्री, अन्य विभिन्न मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुने अभ्यास हामीले गरिसकेका छौँ । किन चिन्ता गर्नुहुन्छ ?’

उनले थपे, ‘भोलि भिजिट भिसामा जाने साथीहरूले त्यही अभ्यास दोहोर्‍याउलान् नि त । धेरै चिन्तित यसमा किन हुनुहुन्छ ? मलाई त यसबाट पनि आश्चर्य लागेको छ, जुन पार्टीको धेरै सांसद, धेरै नेताहरू यही भिजिट भिसाबाट आज यो ठाउँसम्म आइपुग्नुभएको छ । यो सफलताको श्रेणी उक्लिनुभएको छ । त्यही साथीहरू भिजिट भिसाको बारेमा सबैभन्दा बढी चिन्तित भएको पाएको छु । भिजिट भिसामा गएर उतै घरजम गर्नु, उतैको नागरिकता, पासपोर्ट लिनु निश्चय पनि अन्तर्राष्ट्रिय कानुनअनुसार पनि गलत कार्य हो । यो राम्रो कार्य होइन । कुनै पनि देशले राम्रो भन्दैन ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ