स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ७ ठुलाडिही स्थायी घर भई हाल पोखरा महानगरपालिका –२६ मा बसोबास गर्दै आएका ४४ वर्षीय सुरेन्द्र रेग्मी आफ्नै बारीमा सुन्तलाको विरुवा रोप्ने क्रममा बन्दुकको छर्रा लागेर घाइते भएका छन् ।
गत साउन ६ गते रेग्मी बारीमा खाल्टो खन्दै गर्दा अचानक बन्दुक पड्किएको आवाज आएको र शरीरमा छर्रा लागेको भन्दै उनले आफन्तलाई जानकारी गराएका थिए । घटनाको अनुसन्धान गर्दा सोही ठाउँका ६९ वर्षीय हुम बहादुर शाही (ठकुरी भेना)को संलग्नता रहेको भन्दै घाइतेका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए ।
जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले साउन ८ गते राति ८:१० बजे शाहीलाई तनहुँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउपछिको अनुसन्धानमा शाहीले हतियार लुकाएको स्थान देखाइ दिएपछि पुतलीबजार –७ ठुलाडिहीबाट १ नाले भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
शाहीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत म्याद थप गरी स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।
हाल घाइते सुरेन्द्र रेग्मीको काठमाडौँस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो