भण्डारीलाई एमालेको जवाफ- पहिले राष्ट्रपतिको ललिपप देखेर जाने, अहिले सदस्यता खोजेर पाइँदैन

राजनीति

भण्डारीलाई एमालेको जवाफ- पहिले राष्ट्रपतिको ललिपप देखेर जाने, अहिले सदस्यता खोजेर पाइँदैन

rajendra gautam

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टीको ढोका बन्द भइसकेको बताएका छन्। नेपाल प्रेस सोसाइटीले भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भण्डारीको सदस्यता अब एमालेमा नवीकरण नहुने बताए।

हिजो पत्रकार सम्मेलन गर्न भण्डारीले आफूलाई एमालेको पूर्व उपाध्यक्षको हैसियतमा उभ्याउँदै आफ्नो पार्टी सदस्यता विधिसम्मत ढङ्गले नवीकरण भएको भन्दै कसैले हटाएर हट्ने दाबी गरेकी थिइन्।

त्यसबारे गौतमले भने, ‘पूर्व राष्ट्रपति विद्या भण्डारीले राजनीतिमा जान्छु भन्ने उहाँले जिकिर त गर्नुभयो। उहाँले म सामान्य विद्या भण्डारी हो भन्ने कुरमा मात्रै हेक्का राख्नुभयो। उहाँले म देशको पूर्व राष्ट्रपति हुँ, मैले संविधानका यी कामहरू गरेर आएको छु भन्ने कुराको हेक्का राख्नुभएन। उहाँको हिजोको पत्रकार सम्मेलन शान्त नै देखिन्छ। कुनै आवेश उत्तेजना देखिँदैन।’

उनले भण्डारीको एउटै ध्यान पार्टी सदस्यतामा देखिएको भएपनि सदस्यताको निष्क्रिय भइसकेको जिकिर गरे। उनले थपे, ‘विधानको धारा ८ र ९ हेर्नुभए हुन्छ। सभामुख उपसभामुख राष्ट्रियसभा अध्यक्षलगायतको हकमा विधानको धारा ९ आकर्षण गर्छ। उहाँहरूले सदस्यता स्थगित गरेर जानुहुन्छ पार्टी छाड्न पर्दैन। तर राष्ट्रपति भएपछि सांसद पदबाटै राजीनामा दिनुपर्छ। उहाँ केन्द्रीय कमिटीको निर्णयले नै जानुभएको हो। केन्द्रीय कमिटीको निर्णयले नै आउन मिल्दैन भनिसक्यो। संविधानलाई जोडेर मेरो मौलिक हक हो भन्ने कुराले अर्थ राख्दैन। राजनीतिमा उमेर भएकाहरू सक्षम व्यक्तिहरू राष्ट्रपतिको ललिपप देखेर खुरुक्क जान होइन।’

७० वर्षे उमेर सीमा, दुई कार्यकालको व्यवस्था र पूर्व राष्ट्रपतिको सक्रियता निषेध गर्ने निर्णयले पार्टीभित्र छलफल गरेर लिएको भन्दै कसैलाई बोल्न नदिएको भन्ने आरोपमा कुनै सत्यता नभएको जिकिर गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ