काठमाडौंबाट चितवन जाँदै गरेको ट्याक्सी सीतापाइला–धार्के सडकखण्डमा दुर्घटना

दुर्घटना

काठमाडौंबाट चितवन जाँदै गरेको ट्याक्सी सीतापाइला–धार्के सडकखण्डमा दुर्घटना

accident2025-07-28-12-18-05

धादिङको सीतापाइला–धार्के सडकखण्डमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवन जाँदै गरेको बा २ ज २९९५ नम्बरको ट्याक्सी धुनिवेशी नगरपालिका–५ कुमाइखोलास्थित धार्के–सितापाइला सडकबाट सडकबाट करिब पाँच मिटर तल खोल्सामा खस्दा ६ जना घाइते भएको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार ट्याक्सी आफै अनियन्त्रित भएर सडकबाट करिब पाँच मिटर तल खसेको हो। दुर्घटनामा परि घाइते हुनेहरुमा सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका–३ कि ४१ वर्षीय मिना खड्का, २४ वर्षीय सागर खड्का, २१ वर्षीय सन्जु खड्का, १६ वर्षीय जस्मिन गुरुङ, सात वर्षीया जेशिका गुरूङ र चालक सिन्धुपाल्चोकका २३ वर्षीय दिनेश दंगाल घाइते भएको प्रहरी नायव उपरीक्षक हमालले बताए ।

उपचारका लागि सबै घाइतेहरूलाई काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ